एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा ‘बाइ वान गेट वान’ र २५ प्रतिशतसम्म छुट

डिसी नेपाल
२० असोज २०८३ १७:४३
8
Shares

काठमाडौं। एनसेलका ग्राहकहरूले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा ‘बाइ वान गेट वान’ अफर र विशेष छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीसँगै यी छुट योजनाहरू सार्वजनिक गरिएका हुन्।

सम्झौता पत्र एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै आयोजित एक कार्यक्रमका बीच आदानप्रदान गरेका थिए।

साझेदारी अनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकहरूले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर प्राप्त गर्नेछन्। यो सुविधा अन्तर्गत दुई जनाले एक जनाको मूल्यमा सेवा उपभोग गर्न पाउनेछन्।

यस्तै सोही प्याक प्रयोगकर्ता एक्लैले सेवा लिँदा स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्। यो सुविधा नेपाली नागरिकका लागि मात्र लागू हुनेछ।

त्यस्तै ९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने युवा तथा अन्य ग्राहकहरूले स्पा सेवामा २० प्रतिशत र पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन्।

अफरको लाभ लिनका लागि ग्राहकहरूले एनसेल एप खोलेर ‘पार्टनर्ड सर्भिस’ (Partnerd Services) मा गई ट्रान्क्विलिटी स्पा चयन गरेर आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन्।

साझेदारीबारे टिप्पणी गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्न आफूहरू केन्द्रित रहेको बताए।

“वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ,” उनले भने, “यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकहरूको जीवनको अभिन्न अङ्ग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *