महेश बस्नेत पक्राउ पर्ने हल्ला निराधार र भ्रामक: राष्ट्रिय युवा संघ
काठमाडौं। नेकपा (एमाले) का सचिव तथा प्रभावशाली नेता महेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको खबर निराधार, कपोलकल्पित र भ्रामक रहेको राष्ट्रिय युवा संघ नेपालले दाबी गरेकाे छ।
युवा संघका प्रवक्ता निरोज पौडेलले बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका हुन्।
नेता बस्नेतविरुद्ध प्रहरीले कुनै अपरेसन चलाएको वा पक्राउ गर्न लागेको खबर सामाजिक सञ्जालमा आएपछि संघले त्यसको खण्डन गर्दै अफवाहको पछि नलाग्न सबैमा आग्रह गरेको छ।
पार्टी नेतृत्व र नेताहरूलाई चरित्रहत्या गर्ने नियतले यस्ता प्रायोजित र भ्रामक हल्ला फैलाइएको युवा संघको दाबी छ। संघका अनुसार नेता बस्नेत नियमित राजनीतिक कार्यक्रम तथा सांगठनिक काममा व्यस्त रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment