पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

डिसी नेपाल
२३ असोज २०८३ १५:५३
28
Shares

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस दुर्घटनामा परी कालिका इङ्लिस बोर्डिङ स्कुलका छात्रा ममता तिवारी र छात्र असिम कँडेलको मृत्यु भएको छ ।

बसमा ‘लिफ्ट’ मागी सवार स्थानीय ६५ वर्षीय बाबुराम तिवारीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु भएका थप दुई जनाको पहिचान खुल्न बाँकी रहेको उनले बताए । दुर्घटनामा परी पोखरा महानगरपालिका–२८ की १६ वर्षीया सृष्टि तिवारी, सोही ठाउँका १६ वर्षीय शिसन थापा मगर, १६ वर्षीय सौगात तिमिल्सिना, १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी र १३ वर्षीया अङ्कित पराजुली घाइते भएका छन्।

यस्तै मादी गाउँपालिका–१२ बस्ने १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर र बसका चालक पोखरा–१५ बस्ने ५७ वर्षीय तुलबहादुर गुरुङ घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *