नवरात्रको नवौं दिन: देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

डिसी नेपाल
२ कार्तिक २०८३ १४:१७
4
Shares

काठमाडौं। नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको बाक्लो घुइँचो लागेको छ।

तिथि वृद्धि भएका कारण आज पनि महाअष्टमी मान्दै उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीलगायतका शक्तिपीठहरूमा पूजाअर्चना गर्ने श्रद्धालुहरूको भीड लागेको छ। अवसर विशेषमा यी सबै देवी मन्दिरहरूलाई ध्वजापताकाले आकर्षक रूपमा सिँगारिएको छ।

यसैगरी उपत्यका नजिकैको दक्षिणकालीका साथै गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाई मन्दिरमा पनि दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ।

शारदीय नवरात्रको पावन अवसरमा शक्तिपीठहरूको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा-आराधना गर्ने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *