विराटनगरका ‘पिजफायर’ सञ्चालक मनोज खत्री जंगलमा मृत फेला

डिसी नेपाल
८ कार्तिक २०८३ १४:०७
40
Shares

विराटनगर। विराटनगरमा ‘पिजफायर रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार खत्री शनिबार अपराह्न केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। उनी कहिलेकाहीँ केराबारी जाने गरेको खुले पनि उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। शव फेला पर्दा परिवारका सदस्य भारतमा थिए। शनिबार राति आफन्तले उनको शव पहिचान गरेका थिए।

लामो समय विदेशमा रोजगारी गरेर स्वदेश फर्किएका खत्रीले विराटनगरको सेन्ट्रल मलबाट ‘पिजफायर’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए। त्यसपछि उनले काठमाडौं र मोरङको विराटचोकमा पनि शाखा विस्तार गरेका थिए।

पछिल्लो समय खत्रीले विराटनगरको पिपल चोक र गोल्छा चोकमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। विराटनगरमा आधुनिक पिज्जा संस्कृतिको सुरुवात र विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको स्थानीय व्यवसायीहरू बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *