एनपीएल: जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजको टस जितेर ब्याटिङ

डिसी नेपाल
१२ कार्तिक २०८३ १२:२२
8
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई टोलीबीचको प्रतिस्पर्धा सुरु भएको छ।

जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो खेल हो। टोली जितका साथ सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ। अर्कोतर्फ, जनकपुर बोल्ट्स पहिलो जितको खोजीमा मैदान उत्रिएको छ। जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।

यसैगरी, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। सो खेल अपराह्न ५:०० बजेदेखि सुरु हुने तालिका छ।

विराटनगर किङ्ग्स पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स भने लगातार दोस्रो जित दर्ता गर्ने दाउमा छ। कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुरलाई १९ रनले हराउँदै शानदार सुरुआत गरेको थियो।

कुल आठ टोलीको सहभागिता रहेको एनपीएल प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *