युनिलिभर नेपालद्वारा सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश प्रस्ताव
काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै लाभांश दिने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मङ्सीर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। तसर्थ, बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
यो प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment