कुल आचार्यको उम्मेदवारी घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान उपाध्यक्ष आचार्यले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि संघको आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्।
उनले संघलाई सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महसुस गर्ने संघ बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताए। उनले आफ्नो उम्मेदवारी संगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गरेका छन्।
उनले झन्झटमुक्त गैर आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सारेका छन्।
उनले संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैह आवासीय नेपाली समुदायको चाहाना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता पनि जनाए। यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
मंगलबार सुरु हुने गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment