गैर आवासीय नेपालीको विश्व सम्मेलन सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै

डिसी नेपाल
२८ असोज २०७६ ७:२२

काठमाडौं । नवौं गैर आवासीय नेपाली विश्व सम्मेलन तथा गैर आवासीय नेपाली संघ एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ ।नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा नवौं विश्व सम्मेलन हुन लागेको हो ।

गैर आवासीय नेपालीको नवौं विश्व सम्मेलन आज दिउँसो राष्ट्रिपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्दैछन् भने सम्मेलनको समापन कार्यक्रममा भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपालीका लागि नेपाली अभियान चलाउँदै आएको एनआरएनएले नवौं विश्व सम्मेलनको मूल विषय “म, मेरो एनआरएनए, र मेरो नेपाल” बनाएको छ।नवौं सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । सो सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वेदशी तथा विदेशी गरी दुई हजार पाँच सयको सहभागी हुनेछन् ।

संघको नयाँ नेतृत्वका लागि बर्तमान उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले आ-आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन्।एनआरएनएमा प्रजातान्त्रिक समुह भनेर चिनिएको आचार्य समुहमा उपाध्यक्षहरुमा रविना थापा अमेरिका, डा. केशव पौडेल अमेरिका, नरेन्द्र भाट कतार र मन केसी अष्ट्रेलिया, रहेका छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेद्वार हुने पक्का भएको छ।

“आचार्य समुहमा उपाध्यक्षहरुमा रविना थापा अमेरिका, डा. केशव पौडेल अमेरिका, नरेन्द्र भाट कतार र मन केसी अष्ट्रेलिया, रहेका छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा उम्मेद्वार”

त्यस्तै गरी नेकपा निकट भनेर चिनिएको पन्त समुहले पनि करिब-करिब आफ्नो समुह तयार पारिसकेको छ । पन्त समुहको उपाध्यक्षमा बद्रि केसी, महासचिवमा डा. हेमराज केसी, कोषाध्यक्षमा सुदन थापा र प्रवक्तामा डिबी क्षेत्रीलाई आफ्नो टिममा लिएर चुनाव लड्ने पक्का भएको छ।

“पन्त समुहको उपाध्यक्षमा बद्रि केसी, महासचिवमा डा. हेमराज केसी, कोषाध्यक्षमा सुदन थापा र प्रवक्तामा डिबी क्षेत्री चुनाव लड्ने पक्का”

यसअघि महासचिवमा उम्मेवदारी दिने तयारीमा रहेका डिबी क्षेत्रीलाई पन्तले प्रवक्ता पदका लागि सहमतिमा ल्याएको भए पनि पन्त समुहले उम्मेद्वारको अन्तिम टुँगो भने लगाईसकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *