एनआरएनए निर्वाचन अपडेट: मतदानस्थलमा विवाद कायमै

डिसी नेपाल
३० असोज २०७६ १२:१९

काठमाडौं। विवादका कारण रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज बिहीबार १० बजेपछि मात्रै सुरु भएको छ।

इलेक्ट्रिकल भोटिङ मेशिनबाट गर्ने तय भएको मतदान मेशिनमा खराबी आएपछि कागजी मतपत्रबाट सुरु भएको हो।

तर मतदान सुरु भएसँगै मतदानस्थल पुनः अशान्त बनेको छ। अध्यक्ष पदका उम्मेदवार कुल आचार्य पक्षले प्रक्रियामा असहमति जनाउँदै नाराबाजी गर्न थालेको छ।

ट्राभल डकुमेन्ट र पासपोर्ट नहुनेहरुले पनि भोट गर्न पाउनु पर्छ भन्ने माग राख्दै उनीहरुले नाराबाजी गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *