राष्ट्रपति भण्डारीसँग बर्मेली नेपालीको माग : नेपाल–म्यानमार सिधा हवाई उडान होस

डिसी नेपाल
१ कार्तिक २०७६ १६:५५

काठमाडौं। म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार म्यानमारमा रहेका बर्मेली नेपालीसँग भेट गरेकी छन्। म्यानमार बर्मेली नेपालीको ठूलो संख्या रहेको छ। नेपाली भाषी बर्मेलीहरु नेपाली मुलका हुन्।

उनीहरुसाग शुक्रबार राष्ट्रपति भण्डारीले भेटेको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ। शुक्रवार म्यान्मारको पे–उ–लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीसँग उक्त माग राखेको म्यान्मारस्थित नेपालीभाषी बर्मेली समुदायका नेताहरूले बताएका छन्।

अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेको हवाला दिँदै बीबीसीलले नेपाल र म्यान्मारबीच सम्पर्क बढाउन सीधा हवाई सेवाको माग राखिएको उल्लेख गरेको छ।

बीबीसीले उनको भनाई उल्लेख गरेको छ, ‘हामीले कार्यक्रममा उहाँलाई नेपाल र म्यान्मारबीच सीधा हवाई सेवा र म्यान्मारबाट नेपाल जानेहरूका लागि निस्शुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन माग गरेका छौँ।’ नेपालीभाषीहरूले यस्तो माग राखेपछि राष्ट्रपतिले त्यसका लागि पहल गर्ने आश्वासन दिएको सङ्घका सल्लाहकार मणिलाल पौडेलले बताए।

उनले अहिले सीधा हवाई सेवा नहुँदा त्यसको फाइदा अन्य मुलुकहरूलाई भइरहेकाले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पहल गर्नुपर्ने आफूहरूले बताएको जानकारी दिए।

पौडेलका अनुसार नेपालीभाषीहरूले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा विभिन्न अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन्।

नेपाली भाषी सङ्घसंस्थाका नेताहरूका अनुसार पछिल्लो जनगणना अनुसार म्यान्मारका विभिन्न क्षेत्रमा करिब दुई लाख नेपालीभाषीको बसोबास रहेको छ।

उनी आइतवार म्यान्मारबाट जापानका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

म्यान्मारका राष्ट्रपति विन मिन्तको निम्तोमा म्यान्मार गएकी उनले म्यान्मारको स्टेट काउन्सिलर आङ सङ सुचीलाई पनि भेटेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *