कारबाहीमा तालिबानका सहयोगी मारिए

डिसी नेपाल
२ कार्तिक २०७६ ८:०७

काबुल । अफगानिस्तानको तखार प्रान्तमा विशेष सुरक्षा फौजले गरेको कारबाहीका क्रममा तालिबान लडाकूका विशेष सहयोगी सलाहुद्दीन उर्फ इब्राहिमी मारिएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

सलाहुद्दीन खासगरी आदिवासी नेताहरू लक्षित हमलामा संलग्न रहँदै आएको बताइएको छ । विशेष फौजले तखार प्रान्तमा गरेको एक अर्को छुट्टै कारबाहीका क्रममा नौ जना तालिबानी लडाकूलाई गिरफ्तार गरेको छ ।

तालिबान लडाकू समूहले सुरक्षा बलले हालै गरेका यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । तालिबानले यस क्षेत्रको स्थायित्व र सुरक्षालाई चुनौती दिँदै वर्षौंदेखि अफगानिस्तानमा तैनाथ अमेरिकी फौज र अफगान सरकार विरुद्ध युद्ध गरिरहेको छ । राजनीतिक उथलपुथलका कारण इस्लामिक स्टेट्स र अल–कायदा जस्ता लडाकू समूहहरू देशैभरि सक्रिय छन् ।

केही महिनादेखि तालिवान र संयुक्तराज्य अमेरिकी विशेषदूतबीच वार्ता भइरहेका थिए, तर अमेरिकी राष्ट्रपतिले एकाएक वार्ता अन्त्य भएको घोषणा गरेपछि थप अन्यौल बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *