युएईमा दूतावासको प्रतिनिधि भन्दै बिचौलियाको बिगबिगी, सचेत रहन आग्रह
काठमाडौँ । युएईमा दूतावासको कर्मचारी हो भन्दै बिचौलियाहरूले ठगी गर्ने क्रम बढेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। आफू दूतावासमा काम गर्ने प्रतिनिधि हुँ भन्दै केही व्यक्तिहरूले सर्वसाधारणलाई ठगी गरिरहेको गुनासो बढेपछि दूतावासले सचेत रहन आग्रह गरेको छ।
दूतावासले मंगलबार एक सूचना प्रकाशित गर्दै कसैको पनि विश्वासमा नपर्न युएईका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको हो। सूचनामा भ्रम सिर्जना गरी अतिरिक्त शुल्क नअसुल्न दूतावासले सूचित पनि गरेको छ।

छिटोछरितो काम गरिदिने बाहनामा कसैले अतिरिक्त शुल्क असुल्न खोजे तुरुन्तै जानकारी गराउनसमेत दूतावासले अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment