जापानमा २ हजार ९ सय ३४ जना नेपाली विद्यार्थीले पाए रोजगार भिसा

डिसी नेपाल
७ कार्तिक २०७६ १७:००

टोकियो । जापानमा २ हजार ९ सय ३४ जना नेपाली विद्यार्थीहरूले कामदारको भिसा प्राप्त गर्न सफल भएका छन्। जापानको आप्रवासन विभागका अनुसार सन् २०१८ मा  २५ हजार ९ सय ४२ जना विदेशी विद्यार्थीहरूले विद्यार्थी भिसालाई रोजगार भिसामा परिवर्तन गरेका हुन्।

यसरी भिसा पाउनेमा देशको आधारमा सबैभन्दा बढी चिनियाँ, दोस्रोमा भियतनामी र तेस्रोमा नेपालीहरू परेका छन् । जुन अहिलेसम्मकै उच्च संख्या हो। सन् २०१७ मा २२ हजार ४ सय १९ जना विदेशी विद्यार्थीहरूले विद्यार्थी भिसालाई रोजगार भिसामा परिवर्तन गर्न सफल भएका थिए।

विश्वविद्यालयको स्नातक तथा व्यावसायिक अध्ययन पुरा गरेका विदेशी विद्यार्थीले जापानमा काम गरेर बस्नको लागि भिसाको प्रकारलाई अनिवार्य रुपमा परिवर्तन गर्नुपर्ने नियम छ।

भिसा पाउनेमध्येमा ९३ प्रतिशत बढी विद्यार्थीले मानविकी, विशेषज्ञ इन्जिनियर, अन्तर्राष्ट्रिय सेवा शीर्षकको भिसा प्राप्त गरेका छन् ।

दोस्रोमा भाषा मध्यस्थता तथा सूचना उद्योग क्षेत्रमा भिसा प्राप्त गर्नेहरू रहेका छन्।

जापानमा बढ्दो संख्यामा विदेशी विद्यार्थीहरूले रोजगार भिसा प्राप्त गर्नुलाई जापान सरकारले अपनाएको भिसा प्रणाली सुधारसँगै सक्षम विद्यार्थीलाई जापानमै रोजगार दिलाउने प्रयासमा जापान रहेको बुझिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *