यात्रु थोरै भएपछि नेपाल एयरलाइन्सको क्वालालम्पुर-काठमाडौं उडान स्थगित
फाइल फाेटाे
क्वालालम्पुर । यात्रु थोरै भएपछि नेपाल एयरलाइन्सले बुधबारका लागि तय गरेको क्वालालम्पुर-काठमाडौं उडान स्थगित गरेको छ।
मलेसियन समयअनुसार बिहान सवा ६ बजे उड्ने तालिका थियो । थोरै यात्रु भएपछि उडान स्थगित गरिएको एयरलाइन्सका कर्मचारीले विमानस्थल पुगेका यात्रुलाई बताएका छन्।
विमानस्थलमा खटिएका निगमका कर्मचारीले बिहीवार बिहान उडान भर्ने यात्रुलाई जानकारी दिएका छन्। बुधवारको उडानका लागि बोर्डिङ पास लिएका २९ जना यात्रुलाई एयरलाइन्सले होटेलमा बस्ने व्यवस्था मिलाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment