मेरिकाले अशान्ति फैलाएको इरानी सर्वोच्च नेताको आरोप

डिसी नेपाल
१३ कार्तिक २०७६ २२:०६

तेहरान। इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनीले यस क्षेत्रमा अशान्ति फैलिनुमा अमेरिकाको भूमिका रहेको आरोप लगाएका छन्।

पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले अमेरिका र पश्चिमी गुप्तचरहरूका कारण अशान्ति फैलिएको टिप्पणी गरे।

उनीहरूको पछाडि अन्य केही प्रतिक्रियावादी तथा प्रतिगामी देश र निकायहरू पनि लागेको उनको भनाइ छ ।

सर्वोच्च नेता खमेनीले आफ्नाविरुद्ध गलत भूमिका खेल्नेहरूलाई निगरानीमा राख्न पनि आह्वान गरे।

पछिल्ला केही हप्ता इरान, लेबनानलगायतका देशमा भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। ती देशहरूमा शासन व्यवस्थाको पुनःसरचना, सार्वजनिक सेवामा सुधार, भ्रष्टाचार अन्त्य, रोजगारीको सृजना, आर्थिक वृद्धिलगायतका माग राख्दै आन्दोलन भइरहेका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *