नेपाल तामाङ समाज जापानको सातौँ अधिवेशन डिसेम्बर २९ मा हुँदै
टोकियो । नेपाल तामाङ समाजको सातौं अधिवेशन यहि आउँदो डिसेम्बरको २९ तारिख, आईतबारका दिन हुने भएको छ।
समाजले संस्थाको आगामी नेतृत्व सर्वसम्मतिमा चयन गर्न, सभाको तयारीको लागि हवल चन्द्र लामाको संयोजकत्वमा कर्म वाङगेल लामा र कुमार लामा ९वाइबा० सहितको ३ सदस्यीय निर्वाचन समितिको समेत गठन गरेको छ।
अधिवेशनका लागि डिसेम्बर २० तारिख सम्ममा क्षेत्रीय समितिहरूको अधिवेशन गराई प्रतिनिधिहरुको नाम केन्द्रमा पठाउन क्षेत्रीय समितीलाई समाजले पत्रचार गरिसकेको महासचिव हिमाल लामा वाइबाले बताए।
समाजको केन्द्रिय समितिको निर्वाचनमा सहभागिताका लागि साधारण सदस्यता लिनुपर्ने अनिवार्य गराइएको छ।
अधिवेशनमा सहभागी हुनका लागि समाजले नोभेम्बर १५ तारिखदेखि डिसेम्बर १५ तारिख बेलुकी रातको १२ बजे सम्ममा साधारण सदस्यता लिन समाजले अनुरोधसमेत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment