इमरान खान सोधिरहेका छन्–हाम्रा सिद्धू कहाँ छन्? भाइरल भिडियो

डिसी नेपाल
२५ कार्तिक २०७६ ८:०८

बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको एउटा भिडियो यतिबेला भाइरल भइरहेको छ। उक्त भिडियो गत शनिबार करतारपुर करिडोरको उद्घाटनको समयको हो।

उक्त भिडियोमा इमरान खानले निकै अपनत्व भावले सोधिरहेका छन–हाम्रा सिद्धू कहाँ छन्? म सोधिरहेको छु हाम्रो सिद्धू आए?’ भिडियोमा इमरान खान हाँसिरहेका छन्। प्रधानमन्त्री इमरान खानको प्रश्नको जवाफमा केही मानिसले सिद्धू केही लिन गएको बताउँछन्।

सामाजिक संजालमा यो भिडियो भाइरल भइरहेको छ। इमरान खानले सिद्धूलाई करतारपुर करिडोरको उद्घाटनका अवसरमा विशेष अतिथिको रुपमा आमन्त्रित गरेका थिए।

इमरान खानले करतारपुर करिडोरको उद्घाटनको अवसरमा भनेका थिए–गुरु नानकको दर्शनमा मानवता छ। मानवताले नै मानिसलाई जनावरभन्दा पृथक बनाउँछ। हाम्रा अल्लाह पनि मानवताकै कुरा गर्नुहुन्छ। र उहाँले पनि मानिसहरुलाई माया गर्नुहुन्छ। मैले प्रधानमन्त्री बन्ने वित्तिकै पिएम मोदीसँग गरिवी दुवै देशको ठूलो समस्या हो र हामी दुवै मुलुक सीमा खोल्ने हो भने गरिवी समाप्त हुन्छ भनेर भनेको थिएँ।’

कतारपुर पुगेका कांग्रेस नेता एवं पूर्व क्रिकेटर सिद्धूले पनि इमरान खानको निकै तारिफ गरेका थिए। शनिबारको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सिद्धूले भनेका थिए–पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा १४ करोड सिखको विश्वास छ। यो एउटा जीवित इतिहास हो। जसले कुनै नाफा नोक्सान हेरेनन्, कुनै सौदा गरेनन्, मात्र ईश्वरको नाममा यो कदम उठाएका छन्।’

यद्यपी बीजेपी प्रवक्ता संबित पात्राले आइतबार पत्रकार सम्मेलन गरेर सिद्धूका तर्फबाट इमरान खानको तारिफलाई लिएर सोनिया गान्धीसँग माफी मागेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *