जापानबाट पैसा पठाउने गोबिन्द थापा बने सिटी एक्सप्रेसको पहिलो लखपति

डिसी नेपाल
४ मंसिर २०७६ १२:३०

काठमाडौँ । सिटी एक्स्प्रेसले “लखपति एक्सप्रेस २०७६” को पहिलो महिनाको लखपति घोषणा गरेको छ । लखपति एक्सप्रेसको पहिलो महिनामा बागलुङका गोबिन्द बहादुर थापा लखपति बनेका छन् ।

पछिल्लो समय जापानमा बस्दै आएका थापाले सिटी एक्सप्रेस मार्फत नेपाल पैसा पठाउँदा असोज महिनाको पहिलो लखपति बनेर एक लाख रुपैयाँ जितेका हुन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार एक लाख (१,०००००) रुपैयाँ गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ “न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० जित्न सक्ने्, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रु १०,००,००० जित्न सक्ने छन्।

असोज एक गतेदेखि सुरु भएको यो योजना मंसिर ३० गतेसम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

कम्पनीका अनुसार, यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेका छन्। ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत बिजेता छनौट गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *