स्थानीयस्तरमा पार्टी समायोजन कार्य चाँडै सम्पन्न हुन्छ : नेता रावल

डिसी नेपाल
१६ कार्तिक २०७५ ९:४३

अछाम । नेकपा स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुुर रावलले स्थानीय तहमा पार्टीको समायोजनको काम चाँडो सम्पन्न हुने बताएका छन् । नेता रावलले सदरमुकाम मङ्गलसेनमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै पार्टी समायोजनको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए ।

नेता रावलले कात्तिक महीनाभित्र पार्टीका सम्पूर्ण कमिटीलाई पूर्णता दिने योजना रहेको बताए । जिल्ला कार्यदल र स्थानीय तहमा गठित कार्यदलले मातहतका कमिटी समायोजनका काममा तीव्रता दिइरहेका बेला काममा थप तीव्रता दिन रावलले निर्देशन दिए ।

नेता रावलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीको एकीकरण भएपछि पार्टीका गतिविधि अघि बढ्न नसक्दा विपक्षीले विरोध गर्ने मौका पाएको बताए । अब पार्टीले पूर्णता पाएसँगै गाउँगाउँमा गएर सरकारले ल्याएका लोकप्रिय कार्यक्रमबारे जनतालाई जाकारी गराउन नेता कार्यकर्तालाई आग्रह गरे ।

अगुवा कार्यकर्ता भेलामा नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा नेता झपट साउद, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष बमबहादुर बिसी, कार्यदल सदस्य बमबहादुर रावतलगायतका नेताले बोलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *