मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

डिसी नेपाल
१६ कार्तिक २०७५ १२:५८

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरे।

दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए।

यसअघि उनी वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराउनु भए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए।

उनी कात्तिक २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।मुख्यमन्त्री राईको उपचार उनीको निजी खर्चमा हुने भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *