काँग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलायो

डिसी नेपाल
१८ कार्तिक २०७५ १४:५९

काठमाडौं । नेपाली काँग्रेसले आगामी मंगलबार केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ । महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आगामी २० गते मंगलबार बोलाइएको हो ।

महासमिति बैठक र त्यसको तयारीका विषयमा छलफल गर्न केन्द्रिय कार्य समितिको बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

मंसीर पहिलो साता बस्ने भनिएको महासमिति बैठक तयारी नपुगेपछि केही समय पछि सार्न काँग्रेसले केन्द्रिय कार्य समिति बैठक बोलाएको हो । विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत तयार नभएकाले महासमिति बैठक केही दिन पछि सर्न सक्ने पनि सहमहामन्त्री महतले बताए।

पार्टी संस्थापन पक्षका नेता समेत रहनु भएका उनले महासमिति बैठक पछि सार्ने आफूहरुको कुनै मनसाय नरहेकोे पनि स्पष्ट पारे । नेपाली काँग्रेसको आगामी मंसीर ५ गतेदेखि नौं गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो।

तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने संस्थापन पक्षको तयारी छ। चाडबाडलगायतका कारण महासमिति बैठक पर सर्न सक्ने सहमहामन्त्री महतले बताए। महासमिति बैठकका प्र्रस्तुत हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनको कामलाई तीव्रता दिइएको पनि काँग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *