काँग्रेस विधान मस्यौदा समितिमा पनि तिब्र विवाद

डिसी नेपाल
१९ कार्तिक २०७५ १५:५३

काठमाडौँ । नेपाली काँग्रेस पार्टीको विधान संशोधन मस्यौदा समितिमा विवाद सूरु भएको छ। मंगलबार बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौंदा प्रतिवेदनको अन्तिम तयारीका लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा समेत नेताहरुबीच विवाद देखिएको हो।

विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले स्विकार गरे। उनले उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरुबीच विवाद देखिएकाले भोली बस्ने केन्द्रिय कार्य समिति बैठकमा पेश हुने, नहुने टुंगो नभएको पनि जानकारी दिए।

महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक मंगलबार अपरान्ह १ बजे बोलाइएको थियो। तर बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन भने पेश हुन सम्भावना टरेर गएको छ।

नेपाली काँग्रेसले आगामी मंसीर ५ गतेदेखि नौं गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो। तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने गरी केन्द्रिय कार्य समिति बैठक बोलाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *