‘किन हामीसँग सल्लाह लिन सभापति देउवा डराउनु भयो ?’ : सुजाता कोईराला

डिसी नेपाल
२१ कार्तिक २०७५ ६:०१

काठमाडौं। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन्।

रिपोर्टर्स क्लबले आजआयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनु भएको हो?’

उनले भनिन्, ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो। तर, हामीसँग सल्लाह लिनु भएन। सल्लाह लिएको भए राम्रो हुने थियो।’ पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागिपनि सहमति, सहकार्य र एकताको आवश्यकत्ता रहेको बताउँदै सभापतिले त्यस्तो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नु भएन। अब सिँगो पार्टीको सभापति बन्नु पर्यो।’

पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले सभापति देउवाले पार्टी भित्रको गुटलाई अन्त्यगर्न नसकेको आरोप लगाइन्। उनले भनिन्, ‘पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्छ। अनुशासनमा चलाउनु पर्यो।’ सभापति देउवाको यो कार्यकालअन्तिम पटक हुनसक्ने संकेत गर्दै उनले यस्तो बेलामापनि सबैलाई एकजुट बनाएर लैजान नसक्नु दुःखद् भएको गुनासो पोखिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *