विजय गच्छदारलाई उपसभापतिमा मनोनयन गर्दा प्रकाशमान सिंहलाई किन आपत्ति ?

डिसी नेपाल
२१ कार्तिक २०७५ ७:३५

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लवले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे।

नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए। आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ। मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनु परेको बताए। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *