यी महान क्रिकेटरले अन्तिम प्रतियोगितामा बनाए रेकर्ड, सम्मानका साथ गरियो विदाइ

डिसी नेपाल
२२ कार्तिक २०७५ ८:१८

एजेन्सी। श्रीलंकाका क्रिकेटर रंगना हेराथले इङल्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो टेस्टमा श्रीलंकाको गल्ले मैदानमा आफ्नो १०० टेस्ट विकेट पूरा गरे । उनी एउटै मैदानमा १०० टेस्ट विकेट लिले श्रीलंकाका दोस्रो र संसारका तेस्रो बलर बने । उनीभन्दा पहिले श्रीलंकाका मुथैया मुरलीधरणले यही गल्ले मैदानमा १०० टेस्ट विकेट लिएका थिए । मुरलीधरणले गल्लेका अलावा श्रीलंकाकै क्याण्डी, एसएससी र कोलम्बो क्रिकेट ग्राउण्डमा पनि १०० टेस्ट विकेट लिइसकेका छन् । रंगनाको यो अन्तिम टेस्ट हो ।

रंगना र मुरलीधरणका अलावाइङल्याण्डका बलर जेम्स एण्डरसनले पनि एउटै मैदानमा १०० टेस्ट विकेट लिएका छन् । उनले इङल्याण्डको लर्डस मैदानमा १०० विकेट लिएका छन् । एण्डरसनले टेस्टमा ५६४ विकेट लिएका छन् । उनी टेस्टमा सबेभन्दा धेरै विकेट लिने फास्ट बलर हुन् । ४० वर्षका रंगनाको लागि गल्ले मैदान सधैं भाग्यशाली रह्यो । उनले ९९९ मा यही मैदानमा अस्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए ।

हेराथले यही मैदानमा २०१६ मा पाकिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए । रंगनाले यहाँ १९ टेस्टमा १०० विकेट लिएका हुन् । उनले करिअरमा २६ पटक ५ वा सोभन्दा बढी विकेट लिएका छन् । उनले अहिलेसम्म ९३ टेस्टमा २।८० को इकोनोमीमा बलिङ गर्दै ४३१ विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *