के जनावरले पनि शोक मनाउँछन्?

डिसी नेपाल
२८ जेठ २०७६ १३:२३

बीबीसी । अगस्ट २०१८ मा ब्यांकूवर द्विपको तटको नजिकै शिकारी व्हेलको एक बच्चाको मृत्यु भयो । उसकी आमा (तहलका) १७ दिनसम्म आफ्नो बच्चाको शवसँगै देखिई  ।

दुई वर्ष पहिला जाम्बियाको चिम्फुन्शी वन्यजन्तु अनागालय ट्रस्टमा नोएल नामकी आमा चिपाञ्जी आफ्नो बच्चा थोमसको शवको दाँत सफा गरिरहेको देखियो ।

हात्ति आफ्नो परिवारका सदस्यको अन्तिम अवेशससम्म पटक पटक आएर हाडहरुलाई फर्काएर हेर्छन ।

यी सबैभन्दा धेरै नाटकीय घटना १९७२ को छ । फ्लिन्ट नामको एक युवा चिम्पाञ्जी आफ्नाी आमा फ्लोको निधनले यति दुःखी भयोकी उसले खाना पनि छोडिदियो र समूहमा अरुसँग भेटघाट पनि बन्द गरिदियो । उ बाँच्न सकेन । आमाको मृत्युको एक महिनापछि उसको पनि मृत्यु भयो ।

शोकमा आफ्नो ज्यान दिन सजिलो नहोस तर एक कुरा त हुन्छ, जस्तोकी डाक्टर बारबरा जे किंग भनिन्छन्, ‘प्रेम गर्नु र शोक मनाउनु मानिसमा मात्र सिमित छैन । यो भावना जनावरहरुमा पनि हुन्छ ।’

डा. किंग विलियम एण्ड म्यारी कलेजमा मानव विज्ञानकी रिटायर प्रोफेसर हुन् । उसले ‘हाउ एनिमल्स ग्रीभ’ नामक पुस्तक लेखेकी छन् । डार्भिनले पनि स्वीकार गरेकी थिएकी जनावर पनि खुशी र दुःख जस्ता भावनाका लागि सक्षम हुन्छन् । प्लिनी द एल्डरले हात्तिको शोक मनाउने कथा उल्लेख गरेका थिए ।

तर पनि गएका दुई शताब्दीदेखि वैज्ञानिकहरु र दार्शनिक कुनै मृत जनावरप्रति अन्य जनावरले शोक मनाउँछन् भन्ने कुरा स्वीकार गर्न हिचकिचाउँछन् । अध्ययनका क्रममा डा. किंगले अनुभव गरिन् – हामी मानिसहरु कुनै जनावरमा मानवीय लक्षण र भावना हुने कुरा स्वीकार गर्दैनौं ।

यसैले उनले एक मापदण्ड बनाइन् । उनले भनिन्, ‘यदि मृत जनावरको कुनै नजिकको नातेदार समाजबाट आफुलाई टाढा राख्छ, खाना छोड्छ र सुत्न पनि छोड्छ, कतै आवतजावत गर्न पनि छाड्छ र आफ्नो प्रजातिका अनुसार भावाना प्रकट गर्छ भने यसलाई हामी जनावरहरुमा मृत्युका प्रति भावानात्मक प्रतिक्रियाको व्यापक प्रमान मान्न सक्छौं ।’

गएका दशकहरुमा जनावरहरुमा दुःख र शोकको वैज्ञानिक प्रमाणमा निकै वृद्धि भएको छ । यही विषयमा रोयल बीको जर्नल फिलोफिकल ट्रान्ज्याक्शन्सले एक पूरा अंक प्रकाशित गरेको थियो  र अध्ययनको नयाँ क्षेत्र ‘इभाल्यूशनरी थेनेटोलोजी’लाई परिभाषित गर्ने प्रस्ताव राख्यो ।
यसको अन्तिम खल्य पशु साम्राज्य र मानवीय संस्कृतिको व्यवहारलाई सूचीवद्ध गर्नु होइन बरु मृत्युका सबै कोणबाट अधिक स्पष्ट विकासवादी विचार विकसित गर्नु हो । जीप विज्ञानका बारेमा के भनिन्छ भने, यदि क्रमिक विकासको कुरा न हुने हो भने पूरा विषय नै विनाकामको हुन्छ । प्रश्न के हो भने खासमा शोक किन हुनै पर्छ ?

शोक हुँदा मानिस र जनावर जस्तो व्यवहार गर्छन् त्यसले जीवित रहनका लागि कुनै उपयोगी भूमिका खेल्दैन ।  एकान्तमा जानु, सामाजिक सम्बन्धबाट टाढिनु, कम सुत्नु, कम खानु, कम सहवास गर्नु, विरामी र शिकारी जनावरहरुलाई मौका दिनु, यी सबै व्यवहार जोखिम बढाउँछन् ।
मानव संस्कृतिमा शोक मनाउने कुरा गर्ने हो भने हामीले समसानका लागि निकै धेरै जमिन दिएका छौं । अन्तिम संस्कारमा निकै धेरै रुपैयाँ खर्च हुन्छ । कसैको मृत्युमा हामीलाई निकै पीडा हुन्छ ।

जीवनमा कुनै अनुभव पीडादायी हुन सक्छन् । तर, यो वाध्यता होनइकी यसलाई अपनाउनै पर्छ । काटिँदा र पोल्दा हामीलाई जुन पीडा हुन्छ त्यसले पीडाको स्रोटबाट टाढा रहन प्रेरित गर्छ । यस किसिमका पीडा उपयोगी हुन्छन् । पीडाका प्रति जन्मजान असंवेदनशील मानिस लगातार चोट र संक्रमणका कारण युवा अवस्थामै मर्छन् । तर, शोक मनाएर के प्राप्त हुन्छ – आफुलाई संसारदेखि अलग्गै राख्दा, निन्द्रा र खाना पिना छोडेर के हुन्छ?

जनावरको कुनै मरेको जनावरप्रति कहिले के र कसरी प्रतिक्रिया देखाउँछन्, यसैबाट शोकलाई बुझ्न सहयोग मिल्छ । यो मात्र ठूलो मस्तिष्क भएका सिटेशिएन्स (व्हेल र डल्फिन) वा प्राइमेट्ससम्ममात्र सिमित छैन । वैज्ञनिकहरुले सील, डिंगो, घोडा, कुकुर, घरेलु विरालो र अन्य जनावरको पनि मृत्युमा प्रतिक्रिया अवलोकन गरेका छन् ।

उदाहरणका रुपमा २७ जिराफको  समूहमा एक मृत वयस्क जिराफको रेखदेख गर्छ । पाँच फर फरक परिवारका हात्ति एक मृत हात्तिको अस्थि अवशेष नजिक आउँछन् ।  १५ डल्फिनको एक समूह आफ्ना मृत बच्चालाई बोकेर तैरिने आमा डल्फिनका लागि आफ्नो गति कम गर्छन् ।
वैज्ञानिहरुले दुई हाँसको अच्चमको मित्रता पनि अवलोकन गरेका छ । फोइ ग्रास फार्मबाट बचाएर निकालिएका दुई हाँस मध्ये जब एकको मृत्यु भयो अर्को हाँस मृत हाँसको घाँटीमा घण्टौसम्म आफ्नो टाउको राखेर बसेको देखियो ।

मृत्युपछिको प्रतिक्रिया गैर स्तनधारिहरुमा पनि देखिएको छ । जस्तै हाँस र जंगली निलकण्ठ जस्ता चराहरुमा । डा. केली स्विफ्ट वर्णनभन्दा धेरै प्रयोगमा ध्यान दिन्छिन् । उनले मृत काग, परेवा र गिलहरिहरुको प्रति अन्य कागहरुको प्रतिक्रियाको अध्ययन गरिन् । रोयल सोसाइटी बी को जर्नल फिलोसोफिकल ट्रान्ज्याक्शनमा उनको अध्ययनको नतिजा प्रकाशित भएका छन् । डा. केलीका अनुसार काग, परेवा र गिलहरिहरुका

तुलनामा कुनै कागको मृत शरीर देखेर छिटो सक्रिय हुन्छ । उसले चेतावनी दिएर अन्य कागलाई पनि बोलाउँछ ।

मानिस र जनावारबीचको फरक 

डा. स्विफ्ट भन्छिन्, ‘मृतकहरुमा ध्यान दिने हो भने तपाईँला यो थाहा पाउन सहयोग हुन्छकी तपाई कसरी मर्नु हुन्छ – यस कारण यस्ता कुराबाट टाढै बस्नुहोस ।’

आफ्नो क्रमिक विकासलाई बुझ्नका लागि यस व्यवहारको उत्पत्ति र यसमा भएका परिवर्तनबारे बुझ्नु निकै  महत्वपूर्ण हुन्छ । जनावहरुमा शोकको कारणको बुझाइले हामीलाई आफ्नो शोकबारे बुझ्न सहयोग पुग्नेछ ।  मृत्युप्रति हाम्रा प्रतिक्रियाहरु जनावरहरु जस्तै हुन्छ । मानिसहरुको जस्तै जनावरहरुमा पनि कम वा धेरै हुन सक्छ । जुन प्रजातिहरु सामाजिक छन्, उनीहरुको प्रतिक्रिया धेरै गहिरो हुन्छ जुन शोक मनाएको जस्तो हुन्छ ।

दुई जीवमा घनिष्ठता भएमा कुनै एकको मृत्युमा अर्काले शोक मनाउने सम्भावना धेरै हुन्छ । उदाहरणका रुपमा व्हेल र डल्फिन दुबै निकै बुद्धिमान हुन्छन्, यसैले समूहका कुनै एक सदस्यको मृत्युमा दुःख मनाउँछन् । कुनै आमाको बच्चाको मृत्यु भएका आमासँग बारम्बार उनीहरु भेट्छन् ।

टेथिस रिसर्त इन्टिट्युको फण्डबाट सञ्चालित ायोनियन प्रोजेक्टका डाक्टर जोन गोञ्जाल्भोले डफिल्नहरुलाई तीन पटक मृत बच्चाको रेखदेख गरेको देखेका छन् ।

दुई पटक बच्चाकी आमा डल्फिन उसको शवलाई कैयौं दिनसम्म आफैसँग राख्छे र अर्को पटक पूरा समूह मर्दा बच्चालई जीवित राख्ने प्रयास गर्दै बच्चालाई पानीको सतहसम्म राखेको उनले देखेका छन् । बच्चाको मृत्यु र उ डुबे पनि उनी त्यस क्षेत्रमा बसिरहे ।

डा. गोञ्जाल्भो भन्छन्, ‘शोकको सम्बन्ध नोक्सानको विचारसँग हुन्छ । आमा बच्चाको शवलाई कैयौं दिनसम्म आफु सँगै राख्छे किनकी बच्चा नवजात हुन्छ । उसको मृत्यु अप्रत्याशित र अचानक भएको थियो ।’

आमालाई शोकबाट उबर्न लामो समय लाग्छ । तर, जब समूहका कुनै सदस्यको रेखदेखमा केही समय लाग्यो भने उसको मृत्युले राहत मिल्छ । यसैले शवलाई हप्तौसम्म कुर्नुभन्दा आफ्नो जीवनलाई अगाडि बढाउँछन् ।

प्राइमेट्समा मृत बच्चको शवलाई साथमा राख्ने कुरा निकै सामान्य हो । कैयौं प्राइमेट प्रजातिहरु हप्ता वा कहिलेकाही महिनौंसम्म मृत बच्चको शव आफैसँग राख्छन् । कुनै कुनै बेलात आमाहरु आफ्नो बच्चाको शव त्योबेलासम्म साथमा राख्छन जबसम्म शव गल्दैन । केही प्राइमेट्स अर्को तरिकाले पनि शवको रेखदेख गर्छन् । शवलाई सजाउँछन्, दाँच सफा गर्छन्, विस्तारै छुन्छन् र कैयौं पटक कपाल तान्ने र उसमाथि चढ्ने कठोर व्यवहार पनि गर्छन् ।

कयौं वर्षसम्म चिम्पाञ्जी, बोनोबोस, गुरिल्ला, र अन्य प्राइमेट्सको अध्ययन गरेकी डा. किंग भन्छिन्, ‘भाले चिम्पाञ्जी केही आक्रामक हुन सक्छन् ।’

अक्सफोर्ड विश्वविद्यालयकी डा. डोरा बिरोले दुई पटक चिम्पाञ्जीलाई शवसँग जोडिएको देखेकी छन् । उनका लागि यसको मतलब निकै गहिरो छ । उनी भन्छिन्, ‘बच्चाहरुको मृत्युको अवधारण पूर्णरुपमा बुझ्ना लामो समय लाग्छ । यो स्वभाविक रुपले आउँदैन । हामी यसलाई अनुभवबाट प्राप्त गर्छौं ।’

मनोवैज्ञानिकरुले मृत्युका चार अनिवार्य कुराको पहिचान गरेका छन् – यसबाट फेरि जीवित हुन सकिँदैन, मृतकले कुनै प्रतिक्रिया दिन सक्दैन, मृत्युको जैविक कारण र सार्वभौमिकता (सबै जीव एक दिन मर्छन्) ।

उनी भन्छिन्, ‘हामीले कहिले र कुन अवस्गामा यी कुरालाई बुझेँउ, यो थाहा पाउन आवश्यक छ । गैर मानवीय जीव यी कुरालाई कति बुझ्छन्, यसले हाम्रो अनुभुतिको विकासवादी उत्पत्तिको बारेमा धेरै कुरा पत्ता लाग्छ ।’

डा. गोन्जाल्भो भन्छन्, ‘शोक नोक्सासनको विचार साथै विकसित प्रतिक्रिया हो ।’ बुद्धिमान जनावर र मानिसहरु यसलाई स्वीकार गर्न समय लिन्छन् वा फेरि आम मानिसको शब्दमा दुःख त्यो मुल्य हो जुन हामी प्रेमका लागि चुकाउँछौं ।

यसमा कुनै हैरानी छैन की एक लाख वर्ष पहिलाका चित्रमा पनि मृतकहरुलाई चित्रित गरिएको छ । संसारको सभ्यताहरुमा अन्तिम संस्कारको जटिल कर्मकाण्ड विकसित भएका छन् । यसमा शवलाई जलाउने देखि चिहानमा गाड्ने, पिरामिड बनाउनेसम्म छन् । तोरजन (इन्डोनेसिया) का मानिसहरु शवलाई ममी बनाएर कैयौं हप्तासम्म घरमै राख्छन् ।

डा. किग जनावरहरुको शोकको अध्ययनको आवश्यकताको र्को कारण भन्छिन्, ‘यो पशु कल्याणको मुद्दामात्र होइन, यो जनावरको अधिकारसँग जोडिएको विषय पनि हो ।’

‘यदि हामी जनावरहरुको भावनाको गहिराईको बुझ्छौ भने हामी संसारमा चिडियाखाना र बूचडखानाको अस्तित्वमा प्रश्न उठाउने छौं र त्यो व्यवस्थाबारे फेरि सोच्नेछौं ।’

‘जुन दुःख हामी महसु िगर्छौ, त्यस्तै दुःख संसारका सबै किसिमका जनावर पनि महसुस गर्छन् ।’ (बीबीसी हिन्दीबाट भाषानुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *