मपाईंत्व र असंख्य गुरुहरू

डिसी नेपाल
९ साउन २०७८ ९:५१

वास्तवमा गुरु भन्नासाथ हाम्रो मनमस्तिकमा कि त विद्यालय अथवा माहाविद्यालयमा शिक्षण गर्ने शिक्षक, आचार्य, प्राचार्य आदिको स्मरण हुन्छ अथवा कुनै धर्मवाद लागेका व्यक्तिलाई त्यस्ता धर्म संस्थामा लागेको र मान्यता पाएको साधारण नागरिकभन्दा अलि फरक भेषभूषाधारीलाई बुझिन्छ अथवा पादरी, मौलाना, पंण्डित, पुरोहित अथवा त्यस्तै समाजमा बुज्रुक मानिएकाहरूलाई अथवा विषयगत विद्वानहरूलाई पनि सामान्यता गुरु भनिन्छ वा गुरुको संज्ञा दिइन्छ।

पूर्वीय दर्शनअनुसार कुनै पनि निश्चित मार्ग प्रशस्त गरी संसार बन्धनबाट मुक्तिका खातिर दिक्षान्त दिने व्यक्तिलाई पनि गुरु भन्ने गरिन्छ। पूर्वीय दर्शनमा आधारित समाजमा यज्ञोपवित्र धारण (जनै) गराउने र गायत्री मन्त्र सुनाउनेलाई अथवा स्त्रीहरूलाई विवाहपश्चात लक्ष्मीमन्त्र प्रदान गर्नेलाई (त्यो स्वयं पति, स्वतरादि, सासु, जेठानी, आमाज्यू जो पनि हुन सक्छन्) गुरु भन्ने चलन थियो जुन परम्परा अब खासै प्रचलनमा छैन।

सामान्य अर्थमा ज्ञान प्रदान गर्ने, जीवनको ध्येयको ज्ञान दिई अध्यारोबाट उज्यालो तर्फ आकर्षण गर्ने, डोर्याउने र संसारका भौतिक अथवा अभौतिक विषयहरूको ज्ञान दिने व्यक्ति अथवा समूह अथवा संस्था पनि गुरुकै कोटीमा पर्दछन्। कसैले मानुुन या नमानुन मार्र्ग प्रशस्त गर्ने सबै गुरुहरू नै हुन र गुरुविना ज्ञानको अन्तिम क्षितिजमा पुग्न कोही पनि सक्दैन।

हुन सक्छ गुरुको भौतिक स्वरुपविना नै कसैले विद्या आर्जन गरेको होस्, आफैं उभिएको होस्, सिकेको होस् तर अन्तरमनमा चेतना जागृत नभई ज्ञान, विद्या, कौशल, कला र जीवन बाच्ने दक्षता प्राप्त हुन सक्दैन। यदि बाह्य गुरुको अस्तित्वलाई अस्विकार नै गर्ने हो भने पनि अन्तरमनबाट निस्केको स्वचेतना स्वयंमा गुरुभाव हुन सक्छ अर्थात् आफ्नो गुरु स्वयं पनि हुन सक्छ।

जे होस् म चाँहि मेरा प्रत्येक अवस्थाहरू, चेतनाहरू, संज्ञान ज्ञान आदिहरूलाई जब नियालेर हेर्छु सबै गुरुमय पाउँछु। मेरो आफ्नो चेतना भन्ने नै भेटिन्न, जे छ सबै अरुको हो, अरुले दिएको हो। कहिले काही आफ्नै शरीरको बारेमा सोच्छु, जसको बारेमा मलाई केही पनि थाहा छैन। मन पनि मेरो वसमा छैन, मस्तिष्क पनि वसमा छैन। न कुनै परिवेश मेरो नियन्त्रणमा छ। न म नै मेरो नियन्त्रणमा छु, लाग्छ म एउटा खोक्रो आकृतिमात्र हुँ जुन कि न कसैद्वारा संचालित छ या त स्वतः संचालित छ

जे होस् गुरु शब्द नै स्वयममा पवित्र शब्द हो, जो मनले स्थीर भावले सोच्दामात्र पनि मनमा एक प्रकारको आदार भाव स्वतः उत्पन्न हुन्छ।
जो बाट पनि अर्थात जो सुकैबाट पनि कुनै पनि ज्ञान प्राप्त भयो भने अथवा त्यस घटना, परिस्थितिबाट सिकेको, भोगेको ज्ञानले जीवनको रगडधस दौडाहमा सरलता प्रदान गर्यो भने त्यसलाई पनि गुरुज्ञान नै मान्नु पर्छ।

यसरी हेर्दा मानिसका कैयन गुरुहरू हुन सक्छन्। मातापिता–स्थापित गुरु हुन्, विद्या सिकाउने स्थापित गुरु हुन्। इष्टमित्र करकुटुम्ब व्यवहारिका गुरु हुन्। पत्नी पति सहयात्राको गुरु हुनु, प्रेमाधिका गुरु नै हुन्। वालबच्चा स्नेहादीका गुरु हुन्। समाज व्यवहारीताको मन्चन स्थल र मूल्याङ्कन गर्ने गुरु हो। प्रकृति व्यवस्थितिको गुरु हो।

यसरी हेर्ने हो भने हरेक परिस्थिति र कठिनाइ अथवा राम्रो नराम्रो सबैले एकप्रकारको शिक्षा नै दिइरहेको हुँदा प्रत्येक परिस्थितिले वास्तविक परीक्षाको काम गर्छ। तर हरेक समस्याको समाधान समस्याले नै बोकेको हुँदा सबै अप्ठ्यारोहरूलाई गुरुद्वारा दिएका परीक्षाका रुपमा लिन सकिन्छ।

जे होस् म चाँहि मेरा प्रत्येक अवस्थाहरू, चेतनाहरू, संज्ञान ज्ञान आदिहरूलाई जब नियालेर हेर्छु सबै गुरुमय पाउँछु। मेरो आफ्नो चेतना भन्ने नै भेटिन्न, जे छ सबै अरुको हो, अरुले दिएको हो। कहिले काही आफ्नै शरीरको बारेमा सोच्छु, जसको बारेमा मलाई केही पनि थाहा छैन। मन पनि मेरो वसमा छैन, मस्तिष्क पनि वसमा छैन। न कुनै परिवेश मेरो नियन्त्रणमा छ।

न म नै मेरो नियन्त्रणमा छु, लाग्छ म एउटा खोक्रो आकृतिमात्र हुँ जुन कि न कसैद्वारा संचालित छ या त स्वतः संचालित छ। यो संचालन क्रममा अर्थात न जन्म मेरो इच्छाले भएको हो, न मृत्यु नै मेरो इच्छामा हुनेछ। न जीवनयात्राका घटनाक्रमहरू मेरा इच्छाले चलेका हुन, न बाँचुञ्जेल अथवा अगाडिका दिनमा म अनुकूल नै हुनेछु।

सबैथोक सुमधुर पाराले होस् अथवा अप्ठ्यारो पाराले होस् आफै चलेका छन्। यसको मतलब यो होइन कि मेरो देहले परिश्रम नगरेको होस् या मेरो मन र मस्तिष्कले काम नगरेको होस्। यो शरीरलाई जतिसम्म जोत्न सकिन्छ जोतेको छ, दिन रात नभनी–यही शरीरलाई बचाउन सकेसम्म परिश्रममा थाहा पाएदेखि यो लेख्दासम्म घोटेकै छ।

दिमागलाई पनि उस्तै घोटेको छ तर यो शरीर जोताउने र दिमागलाई खटाउन काम कसरी भएको छ त्यो चै अव्यक्त छ। अर्को शब्दमा भन्नुपर्दा स्वतः (थाहा पाएपनि नपाए पनि) निर्धारण भएका छन् अनि त्यसै अनुरुप शरीर जोतिएको छ, मस्तिष्क खटिएको छ। म यो स्वतः भएको प्रकृयालाई पनि गुरु भाव नै, गुरु इच्छा नै वा प्रकृत इच्छा नै होला भन्ठान्छु। किनकि मेरो नियन्त्रणले न म चलेको छु, न मेरो परिवेश परिवार समाज र अन्य वातावरण नै चलेको छ।

यसरी हेर्दा अस्तित्वको घमण्ड, तेरो मेरोको घमण्ड, वैह्रभाव, लालषा, तृष्णा आदि के अर्थमा “म” मा आएर मेरो “म” लाई पटक पटक विरुप बनाउँछ। त्यो जालो चै पो मैले सिर्जना गरेको हो कि भन्ने आभाष हुन्छ र त्यही अनियन्त्रित मन बोकेको हुँदा “म” पटक पटक विचलित बन्छ।
मेरो र “म” भन्ने बुझाइ सबैको आफ्नो आफ्नो हुन्छ, हुनै पर्छ किनकि हरेकका गुरु भाव र परिस्थिति फरक हुन्छन् किनकि सोच्ने प्रकृया सबैमा भिन्न छ। यो अत्यन्त कठीन परिवेश हो किनकि संसारका कुनै पनि मानिसले आफूवाहेक अर्काले के सोच्दछ, चाहन्छ र के मा चै रम्छ भन्ने कुरा कहिल्यै पनि जान्नै सक्दैन।

क्षणभर अगाडि मनपर्ने कुरा क्षणमा नै मन नपर्न सक्छ, क्षणमा नै अति प्रिय लाग्ने मानिस, वस्तु, साधन, स्वाद आदि क्षणमा नै नराम्रो लाग्न सक्छ। यहाँसम्म कि स्वयं आफू र आफ्नो अवस्थितिमा पनि विश्वास नलाग्न सक्छ। अनियन्त्रित मनै त हो त्यसको नियन्त्रण र पकड पाउन स्वयं मनकै नियन्त्रण विना असम्भव नै छ।

यही अनियन्त्रित मनले अनियन्त्रित तृष्णा जागृत गराउने हो, अहंता जगाउने हो, म म म जगाउने हो। यो संसारमा भएका जति पनि राम्रा र नराम्रा घटनाहरू भएका छन्, भइरहेका छन् र हुनेछन ती सबै “म” केन्द्रीत मनको उत्पादन हो। म केन्द्रीत मनले, मस्तिष्कले आफ्नो वाहेक अरुको अवस्थितिलाई स्वीकार गर्दैन अथवा मूल्य दिदैन अथवा पचाउन सक्दैन।

त्यो म को दायरा एउटा व्यक्तिबाट शुरु भएर मेरो परिवार समाजसम्म चै पूग्न पनि सक्छ तर त्यो सिमिति सिमानाभन्दा बाहिर पुग्न सक्दैन। किनकि त्यो “म” भनेको संकुचित स्वरुपको प्रक्षाया हो जसलाई स्व. तृप्तिको माहाभोकले ग्रसित गरेको हुँदा आफू इतर अरुको अस्तित्वलाई स्वीकार गर्नै सक्दैन।

यही अस्वीकारको सानो व्यैक्तिक झिल्कोले सनै सनै विकराल रुप लिने हो र समाज, राष्ट्र आदिमा संघर्षको अवस्था सिर्जना हुने हो। आजसम्म भएका सबै संघर्षको बीजांकुर अर्काको अस्तित्व अस्वीकारका साना झिल्काबाट नै शुरु भएका हुन्। यावत इतिहासहरू यस्तो परिवेशकारका साक्षी छन्। अर्को एउटा सबै संघर्षहरूको मुख्य कारण भनेको “म जान्दछु” भन्ने भ्रम हो, अर्थात् मलाई थाहा छ, तलाई के चाहिन्छ भन्ने भावना हो।

“मलाई थाहा छ र मलाई थाहा छ तँलाई के चाहिन्छ” भन्ने सोचले अर्काको अवस्थितिलाई सिधै अस्वीकृत गर्छ। यो मानिसका मन र मस्तिष्को सबैभन्दा ठूलो त्रुटी हो। मानिस स्वयंले, स्वयंलाई रतिभर पनि जान्दैन।

मेरो र “म” भन्ने बुझाइ सबैको आफ्नो आफ्नो हुन्छ, हुनै पर्छ किनकि हरेकका गुरु भाव र परिस्थिति फरक हुन्छन् किनकि सोच्ने प्रकृया सबैमा भिन्न छ। यो अत्यन्त कठीन परिवेश हो किनकि संसारका कुनै पनि मानिसले आफूवाहेक अर्काले के सोच्दछ, चाहन्छ र के मा चै रम्छ भन्ने कुरा कहिल्यै पनि जान्नै सक्दैन।

आफ्नै शरीरलाई जान्दैन, मस्तिष्कको संचालन प्रकृया जान्दैन भने म जान्दछु अथवा मलाई थाहा छ भन्नुजस्तो सिधा झुट अरु केही पनि हुनै सक्दैन। त्यसमाथि पनि अर्कालाई के चाहिन्छ, त्यो पनि जान्दछु भन्नु भनेको अर्काको अस्तित्वलाई सिधै अस्विकार गर्नु हो।

यस्तो परिस्थितिले अनजानमै भए पनि दूरगामी नकारात्मक असर कायम रहन्छ, जुन अवसर प्राप्त हुनासाथ विस्फोटन हुन सक्छ। अर्को त्यस्तै असाध्यै विषाक्त मनस्थिति भनेको चै कुनैपनि घटना आदिको जिम्मेवारी आफू नलिने। अर्थात् आरोपद्वारा आफूलाई सुरक्षित गराउने। यी दुवै प्रकारका मानसिकताका परिणामहरू संसारका सबै संघर्षहरू हुन्।

संघर्षका स्वरुपहरू जस्ता भए पनि संघर्षले राम्रो परिणाम कसैलाई पनि दिँदैन। संघर्ष अर्थात जहाँ घर्षण हुन्छ दुवै पक्ष रन्किन्छ र अग्नि उत्पन्न हुन्छ। प्रचण्ड अग्निले सुकेकोलाईता डढाउँछ नै काँचोलाई पनि बाँकी राख्दैन। अर्थात् कमजोरलाई न धरायासी बनाउने नै भयो बलिया भनौदाहरूले पनि प्राप्ती नै शून्य नै गर्ने हो।

अब प्राप्ति नै केलाई मान्ने त? संघर्षबाट प्राप्ति भएको प्राप्तता कतिञ्जेल रहन्छ? अनि प्रति संघर्षको मूल्य के हुन सक्छ? अनि प्रतिकारको अन्त्य कहिले हुन्छ? आजसम्मका सम्पूर्ण संघर्षका ऐतिहासिक फेहरिस्त हेर्ने हो भने पनि प्रतिकारको अन्त्य भएका कुनै पनि अवस्थाहरूको अवस्थिति नै पाइँदैन।

जुगौं जुग पहिले शुरु भएका प्रतिकारका स्वरुपहरूलाई वर्ग संघर्षको इतिहास र वर्तमानमा सजिलै देख्न सकिन्छ। रंगको आधारमा, औपनिवेशिक आधारमा भौगोलिक अवस्थाका आधारमा अथवा जात, लिङ्ग, धर्म, राजनीति जे सुकै आधारमा युगौ पहिले शुरु भएका द्वन्द्व र प्रतिद्वन्द्वहरू आजसम्म पनि चलिरहेका नै छन् र आउने यूगहरूमा पनि थामिने लक्षणहरू देखापरेका छैनन्।

अझ आजको विश्वमा नयाँ संघर्षका दायराहरू थपिएका छन्, ती चै पृथ्वी मात्रमा सीमित नरहेर अन्तरिक्षसम्म पुगेका छन्। अर्थात् विकासका होडवाजीले एकातर्फ संसारलाई जोडेको छ भने अर्कोतर्फ तहसम्म विभाजनको रेखा झन झन गाडा भइरहेको छ।

यो परिस्थितिको जननी भनेको त्यही “म जति धेरै कोही जान्दैन” भन्ने एक व्यक्तिबाट समूहमा फिजिएको भ्रम हो। भ्रमै भ्रममा समाजलाई दिभ्रमित पारेर केही स्वार्थी, नितान्त स्वार्थी प्रवृति हावी भएकाहरूको दोहनमा संसार हिजो पनि रोएको थियो र आज पनि रोइनै रहेको छ।

पहिले निर्धो बनाउने र तिनकै दोहन गर्नेहरूले संसारलाई कुनै न कुनै रुपमा सधै अशान्त बनाउने र अशान्त बनाएको मा गर्भ गरेर। आनन्द लिने क्रम रोकिएको छैन र रोकिने पनि छैन। किनकी यिनीहरू पनि यिनीहरू अनुकूल गुरुहरूबाट निर्धारित बाटामा हिँडेका छन् जसले जान्दैन जानेको कुरालाई जान्दछु भन्ने भ्रम बोक्छन्, बेच्दछन अनि त्यही भ्रमको खेती गर्दछन् र संसारलाई पनि भ्रमित पार्छन्।

यावत इतिहासहरू यस्तो परिवेशकारका साक्षी छन्। अर्को एउटा सबै संघर्षहरूको मुख्य कारण भनेको “म जान्दछु” भन्ने भ्रम हो, अर्थात् मलाई थाहा छ, तलाई के चाहिन्छ भन्ने भावना हो।

अर्थात् जस्ता पात्र छन् त्यस्तै गुरु पनि छन्। प्रकृया अर्थात विध्वङ्स पक्ष र संरक्षण पक्षका गुरुहरूको संघर्ष पुरातनदेखि चलि आएको छ। यो कुनै एक स्थान विषेशको समस्या नभएर विश्वव्यापी समस्या हो।

सामान्यतया अन्धकार पक्ष सधै डरलाग्दो नै हुन्छ। अन्धकारमा कुटिलहरूले के गर्छन्। उज्यालोमा हुनेहरूले थाहै पाउँदैन। अनि त्यही मौकामा अर्थात अन्धकारमा स्वार्थ लिप्सितहरू चलमलाउँछन्। ती स्वार्थ लिप्सामा लम्पट गराउने उनीहरूलाई संचालन गराउनेहरूको चक्रव्यूह नै हुन्छ जसमा सर्वसाधारणहरूलाई फसाइन्छ र सर्वसाधारणकै दोहन गरिन्छ।

जगत अत्यन्त सरल छ, सरलहरूका लागि तर धूर्तहरूले सरलहरूलाई सरल रहनै दिँदैनन्। पौराणिक गाथाका आधारमा हेर्ने हो भने–स–सिता, र–राम अनि लक्ष्मणहरू जहिलेपनि संसारमा छन् अर्थात् अनुशासित, कर्तव्य परायणता जस्तै परिस्थितिमा पनि साथ नछोड्ने जस्तै कष्ट परे पनि धैर्य नछोड्ने, माहा अत्याचारीलाई समेत क्षमा गर्ने, आफ्नो मतलब नराखी समाजको मान्यता र निर्णयलाई स्वीकार गरेर रातोदिन समाजको सेवा गर्ने, धर्मपरायणताको पराकाष्टा, रुप, गुण, सौन्दर्य, सर्वगुण सम्पन्नताको पर्यायको यथार्थ होस् या परिकल्पना मात्रै होस् त्यो सिता स्वरुप हो। जसले नाई भन्नै जान्दैन, जानेन र अझैपनि जानेको छैनन्।

त्यस्तै चरित्र राम हो–सत्यमा अडिग, कर्तव्यमा–अडिग, दुःखमा नआतिने, सुखमा नपलाप्पिने पनि आउँदा आफ्नै आत्मालाई समेत त्याग्न सक्ने, सवल, निडर तर सदा सरल चरित्र राम हो–ऊ पनि नाईं भन्न जान्दैनन्। लक्ष्मण– आफ्नो अस्तित्वनै सुम्पिएर सेवा गर्ने, जसले त्यागको पराकाष्टा नै प्रतिनिधित्व गर्छ–त्यो लक्ष्मण भाव हो।

सीता, राम, लक्ष्मण भावहरूका गुरुहरू वशिष्ट आदिको भावहरू भनेका प्रतिनिधि भावहरू हुन्। यी भावहरू भनेको समाजलाई सदासर्वदा अग्रगामी दिशा तर्फ अभिप्ररित गराउँछन्। यथार्थमा यस्ता चरित्रहरू समाजमा अवश्य छन्, थिए पनि होला, फेरि पनि रही रहलान्। तर यी भावहरूलाई निरुत्साह गराउने रावणभावहरूले गर्दा यस्ता सरलहरू चाहि सधैं संकटमा पर्छन्।

रावणभावका शुक्राचार्यहरूको तागत, पौरख डरलाग्दो हुन्छ। त्यही डरलाग्दो भावको विगविगीले चै आजको संसार त्रसित भएको छ र चिराचिरा परेको छ। सजिलो उदाहरण छ यस प्रसङ्गमा रामलाई सीता खोज्ने क्रममा लक्ष्मण साथ छन्, हनुमानजी साथमा थपिन्छन्। यात्रा काट्न सरल छ तर हरण गरिएकी सीता नितान्त एक्ली छन्।

रामलाई सीता खोज्ने क्रममा लक्ष्मण साथ छन्, हनुमानजी साथमा थपिन्छन्। यात्रा काट्न सरल छ तर हरण गरिएकी सीता नितान्त एक्ली छन्। वन्दी बनाइएकी छन्। रावण प्रवृत्ति बलवति छ। समुद्र नाध्न विमान छ तर रामले चै जमिनसित–जमिन जोडन समुन्द्रमा पुल हाल्नुपर्छ। हो रामले अहिले पनि समुन्द्रमा पूल नै बनाउने जतिकै मेहनत गर्नुपर्छ र रावणजीलाई आकाशबाट खुला छ।

वन्दी बनाइएकी छन्। रावण प्रवृत्ति बलवति छ। समुद्र नाध्न विमान छ तर रामले चै जमिनसित–जमिन जोडन समुन्द्रमा पुल हाल्नुपर्छ। हो रामले अहिले पनि समुन्द्रमा पूल नै बनाउने जतिकै मेहनत गर्नुपर्छ र रावणजीलाई आकाशबाट खुला छ।

सत्य, निष्ठा, सरलताका पुजारी सीताहरुलाई आज पनि रावणले हरण गरिराखेका छन्। अनि सीताहरू पनि चूपचाप रामहरूको प्रतिक्षा गरेर बस्न छोडेका छैनन्। रामहरूले सीताको रक्षा गर्न नसकेको स्वीकार गर्न तयार हुनुपर्छ र सीताहरूले पनि आफू सीता भएको शक्तिलाई लुकाएर सिन्काको वार भित्र बस्नु हुँदैन।

सीताहरू परापूर्वकालदेखिनै हरण हुने अनि सधै अग्नि परीक्षामा सम्मिलित हुनु पर्ने, पक्षपातबाट स्वयं उठ्नुपर्छ। रामहरूको प्रतिक्षामा बस्नु भन्दा आफैले रावणादि भावलाई नास गरेर रामहरूको चै अग्नि परीक्षा गर्नु पर्ने वातावरण बनाउन सक्नुपर्छ।

अब पूनः गुरुतर्फ हेरौं उनको अवस्थिति तर्फ हेरौं गुरु कहा छैनन् त ? रामादि भावनाका पनि गुरु छन्। रावणादिभावका पनि गुरु छन्, यी दुवै भावभन्दा माथि साक्षीभावका पनि गुरु छन्। अर्थात परम सत्यलाई देखाउने गुरु। को हुन् त ती?

समय–परिस्थिति र परिवेशलाई प्रकृतिसित जोडेर हेरेको खण्डमा साक्षीभावका गुरुको साक्षात्कार हुन सक्छ। समय गुरुका गुरु हुन्। समय सत्य हो अर्थात परिवर्तन हुँदैन, संसार परिवर्तन हुन्छ, जीव परिवर्तन हुन्छ, प्रकृति पनि परिवर्तन हुन्छ। समयका चक्र जसरी पृथ्वीले सूर्यको परिक्रमा गर्छ त्यसैगरी सबै असंख्य ब्रह्माण्डहरू पनि समयको परिक्रमा गर्छन्।

समय एउटा सत्य हो, एउटा धुरी हो, जो यावत व्रह्माण्ड हुँदा पनि उस्तै रहन्छ र सवै नष्ट हुँदा पनि उस्तै। शून्य हुँदा पनि समय छ, भरी हुँदा पनि समय छ। सजिलो शब्दमा भन्नु पर्दा समय वाहेक अरु सबै थोक चलायमान छ। आयूसँग वहद छ। अर्थात जगतको सृष्टि हुन्छ, अनि नष्ट पनि हुन्छ। मानिस अथवा सबै जीवहरूको जन्म हुन्छ अनि मृत्यु हुन्छ। तर समयको चै न जन्म हुन्छ न मृत्यु नै हुन्छ । चिदानन्द, सच्चिदानन्द–सर्वव्यापक भनेको नै समय हो।

यस अर्थमा हेर्दा समय जति ठूलो महत्वपूर्ण गुरु प्राणीमात्रको लागि कोही पनि हुन सक्छ जस्तो मलाई चै लाग्दैन। माथि उल्लेख गरेअनुसार गुरुहरू असंख्य हुन सक्छन्। जन्म गत हिसाबमा मातापिता–गुरुबन्धु–आदि आदि । अनि सरल भावका गुरुहरू, रावणादी भावका गुरुहरू। आफ्नो आफ्नो चरित्र अनुसार राम्रा र नराम्राका खेलमा रुमल्याउनु भनेको र रुमलिनु भनेको नै संसार चक्रमा रोटेपिङ्ग जस्तै घुम्नु हो।

रामहरूले सीताको रक्षा गर्न नसकेको स्वीकार गर्न तयार हुनुपर्छ र सीताहरूले पनि आफू सीता भएको शक्तिलाई लुकाएर सिन्काको वार भित्र बस्नु हुँदैन। सीताहरू परापूर्वकालदेखिनै हरण हुने अनि सधै अग्नि परीक्षामा सम्मिलित हुनु पर्ने, पक्षपातबाट स्वयं उठ्नुपर्छ। रामहरूको प्रतिक्षामा बस्नु भन्दा आफैले रावणादि भावलाई नास गरेर रामहरूको चै अग्नि परीक्षा गर्नु पर्ने वातावरण बनाउन सक्नुपर्छ।

माथि पुग्दा मज्जा आउने तल झर्दा आङ्ग सिरिङ्ग हुने भने जस्तै सुखानुभूतिमा दङ्ग र दूखानुभूतिमा मोहभङ्ग हुनु पनि सामान्य प्रकृया नै हो। तर क्षणिक सुखानुपेक्षाले रावणादीगुरुको नजिक दुनियालाई पुर्‍याउने क्रम अत्याधिक बढेको छ।

त्यसलाई समन गर्ने, घेराहाल्ने, पूल बनाउने भने सहज छैन तर असम्भव पनि छैन। स–र–ल भाव र मुनीभावहरूलाई कृयाशील बनाएर–साक्षीपक्ष–र समयलाई गुरु बनाएर स–र–ललाई व्यवहारमा ल्याउन सक्यो भने रावणादीभावहरू स्वतः कमजोर बन्दै जान्छन्।

तर यसरी सरलतामा परिणत हुनका लागि एक्लो प्रयासबाट भने सम्भव छैन। समूहको आवश्यकता यस अर्थमा आवश्यक छ कि मनदेखि मनको बीचमा विशाल समुद्र तयार छ र त्यो मन र मनरुपि दुईवटा तटहरूलाई जोड्न मानवताको, प्रेमको, सद्भावको, सहअस्तित्वको, सहयोगको र मुख्यरुपमा विश्वासको पुल तयार गर्न आवश्यक छ। यसमा मनहरू जोडिनु पर्छ।

विश्वासको पूल बन्नै नदिने तत्वहरू मध्ये स्वार्थ, घमण्ड, घृणां, अंहका साथ साथै म–म–म र मेरो–मेरो–मेरो रुपी डरलाग्दा हतिहारहरू, मतियार बनेर मानिसको सरल हृदयलाई करीब करीब चेतना शून्यताका अवस्थामा पुर्याइसकेको छ। यसलाई विस्तारै पुनः प्रेमको गुरुमन्त्र बीजमन्त्रले सिंचन गर्दै गर्दै रावणादि प्रवृत्तिलाई दहन गर्न जरुरी छ।

सबै किसिमका प्रवृत्तिहरूको घर भनेको मानव मन र मस्तिष्क हो, जसमा स्वार्थरुपी विषाक्त जडताको जरा गाडिएको छ। जरैदेखि त्यो माहारोगलाई नामेट गर्न प्रेमरुपि वीजमन्त्रको ब्रह्माअस्त्र प्रयोग गर्न जान्ने गुरुहरूको अति नै आवश्यकता परेको छ।

संसारमा फेरि नयाँ गुरुकूल व्यवस्थाको आवश्यकता छ जहाँ गुरुहरूले समयले जस्तै अविचलित धुरीको काम गर्न सकून्। विश्व बन्धुत्वको शंखनाथ गरेर रावण प्रवृत्तिलाई दुरदुहाई गराएर दहन गर्न सकून् र जगतलाई सिकाउन सकून कि सत्यको विजय निश्चित छ।

मानव मूलस्वरुप अनुसार प्रेम पूञ्ज हो र प्रेम पूञ्जहरूको सायूज्मता अथवा एकाकारले मात्र जगतलाई बाध्न सकिन्छ र वशुधैव कुटुम्वकमको भावनालाई सर्वव्यापी बनाउन सकिन्छ र पूनश्चः गुरु महिमालाई जीवित बनाउन सकिन्छ । शुभम्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *