कथा : एन.आर.एन.- २

डिसी नेपाल
३ वैशाख २०७९ ७:१२

अब उनीहरूको प्रतीक्षाको घडी समाप्त भएको छ। लोकेश दोजिया श्रीमतीलाई डोर्‍याउँदै प्लेन अडाइरहेको स्थानतिर पाइला चालिरहेको छ। प्लेनको भरेङ उक्लिनुअघि उसले भुइँमा एक पटक शिर जोतेर क्षमा मागेकोे छ।

लोकेश मनमनै भनिरहेको छ-‘अब कहिले होला मैले आफ्नी जननीलाई यसरी ढोग्ने? कहिले आउला त्यो समय, जब नेपाली मन र नेपालीपनसँग साक्षात्कार गर्न पाउने छु?’
ऊ भावुक मन लिएर भ¥याङ उक्लिन थाल्छ। अब ऊ चाहेर पनि फर्किन सक्दैन। प्लेनलाई रोक्न सक्दैन। उसका लागि कर्मघर नै सबै थोक हो। किन कि ऊ एक एन.आर.एन.हो।

छत्तीस घण्टे हवाईजहाजको यात्रा अमेरिकाको एक एयरपोर्टमा पुगेर टुगिन्छ। भावनाको मन त्यसै त्यसै चञ्चल हुन थाल्छ। घाम त नेपालमा लागिरहेको थियो। तर भावनालाई त दुइटा सूर्य भएझैं लाग्यो!

त्यहाँको एयरपोर्टको वातावरण नै त्यस्तै थियो। घाम हो कि बिजुली बत्ती? भावनाले छुट्याउनै सकिनन्। उनी त हेरेको हे¥यै भइन्। भावनासँग बिहे गर्न नेपाल आउँदा एक्कासि कायराले लोकेशको गर्धनमा झुण्डिएर ‘किस’ गर्दै ‘गिफ्ट’ मागेकी थिइन्।

कायराले लाडे पल्टिएर ‘मलाई त यहीँ चाहिन्छ भिनाजु’ भन्दै ढिपढिपी लगाएकी थिइन्। त्यति मात्र कहाँ हो र, ‘दिनेभए दिनूस् र नत्र म त..’ भन्दै मुड्की पनि उजाएकी थिइन्। तर त्यही कायरा एकाएक सहरबाट गायब भएकी थिइन्।

लोकेशको मनमा फेरि कुरा खेल्न थाल्यो। पक्का पनि कायराले कुनै पुरुषसँग फेरि बिहे गरी र यहीँ आएकी होली। किनभने उसको सपना, जपना नै अमेरिका थियो।
एयरपोर्टमा लोकेश र भावनालाई ‘रिसिभ‘ गर्न सन्जना कार्की आएकी थिइन्। लोकेशसँग भेट हुनासाथ सन्जनाले ‘अमेरिकी स्टाइल’ मा चुम्मा गरिदिइन्। उतिबेला कायराको चुम्बनलाई साधारण मानेकी भावनाले यतिखेरचाहिँ निको मानिनन्।

लोकेशले परिचय गराउनासाथ भावनाको पेटको कपट बाहिर आइहाल्यो। उनले वचन लगाइहालिन्-‘यसरी अर्काको लोग्नेलाई चुम्माचाटी गर्नु राम्रो कुरा होइन नि रन्जना!’
‘नट रन्जना! यसको नाम सन्जना पो त।’

पति लोकेशले हाँसेर पत्नीलाई सम्झायो। सन्जना र उसको तँ-तँ, म-म चल्ने गर्दथ्यो। त्यसो भनिरहँदा सन्जना खिजाइलो पाराले भावनालाई हेरिरहेकी थिइन्। उनको मनमा भावनाप्रति अलिकति पनि माया पलाएको देखिएन। सोच्दै थिइन्, कहाँकी गोबरसँग घरजम गरेर आएछ!

भावनाले फेरि पेलिन्-‘मेरो मुखमा हेर्दै के सोचिरहेकी? कतै तिमीले मलाई गोबर सोहर्ने गाईपालककी गँवार छोरी भनेर सोचिरहेकी त हैन? यदि त्यसरी सोचेकी हौ भने तिम्रो महाभूल हुनेछ रन्जना!’

भावनाको ओठबाट पुनः गलत नाम उच्चारित भयो।

ह्वाट्स माई फल्ट?’ आम्मै! युवक त उल्टै जाग्न पो थाल्यो-‘इज शि योर प्राइभेट रूम पार्टनर?’ खै केके फलाक्दै थियो, भावनाले थोरै मात्र बुझिन् क्या र। तर घटना त्यत्तिमै सामसुम भएन। केटोले लोकेशलाई लोप्पा ख्वाइदियो। फेरि केके फलाक्यो। तब त लोकेशको धैर्यताको बाँध भत्कियो। अनि दनक दिन थाल्यो। धन्न पुलिसले थाहा पाएन। त्यो केटोलाई केही साथीहरूले सम्झाएर बिदा गरे।

केही बेरको गलफत्तीपछि तीनैजना सन्जनाको मोटरमा बसे। भावनालाई कस्तो कस्तो लागिरह्यो। मोटरको यात्रा करिब चालीस मिनेटपछि टुंगियो। विशाल क्षेत्रफल ओगटेको एक ‘अपार्टमेन्ट’ को ‘पार्किङ’ स्थलमा लगेर सन्जनाले गाडीलााई विश्राम दिइन्।

लोकेश र भावनालाई कोठाको ढोकासम्म पु¥याएर सन्जना आफ्नो कोठा भएको पल्लो भवनतिर लागिन्। लोकेशको ‘फ्ल्याट’ पाँच कोठाको थियो। किचेन र कोठाहरू हेरिसकेपछि भावनाको मन खिन्न भयो। उनले अमेरिका टेकेपछिको पहिलो गुनासो सुनाइन्-‘तिमीले त मलाई पहिलो गाँसमै ढुङ्गा लगाइदियौ लोकेश! नेपालमा हुँदा तिमीले मेरो ड्याडीसँग जे जे भनेका थियौ, यहाँ आएपछि ठ्याक्कै उल्टो पाएँ।’

भावना भन्दै थिइन्- ‘तिमीले त भनेका थियौ कि, अमेरिकामा आफ्नै घर छ, गाडी छ। लजिङ—फुडिङको राम्रो व्यवस्था छ। तर यहाँ त…?’

– ‘ओहो भावना! कत्ति कराइराख्या भन्या।’ लोकेशले झिँझो मान्दै जवाफ दियो-‘नेपालमा मैले जेजे भनेँ, ती सबै कुरा सही हुनैपर्छ भन्ने छैन नि। उसै पनि यहाँ त घर बनाउनभन्दा ‘फ्ल्याट’ मा बस्दा राम्रो हुन्छ। हामीजस्तो साधारण कर्मचारीले घर-जग्गाको ‘ट्याक्स’ तिर्नै सक्दैनौँ।’

-‘तर तिमीले त मेरो ड्याडीलाई त्यसै भनेर आश्वासन दिएका थियौ हैन र? नेपालमा हुँदा एउटा कुरा। अमेरिका आएपछि अर्को कुरा? तिमी धोखेबाज रहेछौ लोकेश! कुन दिनको बदला लिँदैछौ तिमी मसँग?’

लौ हेर त! आउन पाएका छैनन्। ती पति-पत्नीबीच झाँगलझुँगल सुरू भइहाल्यो! लोकेशको त्यो ‘फ्ल्याट’ पनि आफ्नो थिएन। कम्पनीले उपलब्ध गराएको हो। फेरि सिंगल पनि कहाँ हुनु। एकजना साथीको पनि हो। लोकेश र उसको साथीको साझा।

ती पति-पत्नीको विवादकै बीच उताबाट सन्जनाले भिडियो कल गरिन्। उता उनको किचेनमा खाना तयार पारिएको थियो। तर भावनालाई जान मन लागेन। उनको मोहभंग भएको देखेर पति लोकेशलाई दिक्क लाग्यो। दोजिया श्रीमतीलाई भोकै राख्न त भएन नि।

सन्जनालाई पनि कम्पनीले पाँचै कोठाको ‘फ्ल्याट’ दिएको थियो। त्यो पनि साझा हो। तर उक्त फ्ल्याट बस्ने दोस्री महिला थिइनन्। तिनी केही दिन बिदा मनाउन अर्को सहर गएकी थिइन्।

खाना खाने बेलामा सन्जनाले सम्झाइन्-‘हेर भावना! तिमी पटक्कै भ्रममा नपरे हुन्छ। नेपालमा सोचेजस्तो यहाँ बिलकुलै सजिलो छैन। हो, हामी पी.आर.प्राप्त यहाँका नागरिक हौँ। तथापि, कतिपय कुराहरूमा हामीले ‘कम्प्रमाइज’ गर्नैपर्छ। जस्तो कि, यही ‘फ्ल्याट’ मा गर्नु परेको छ।’

उताबाट खाना खाएर आएपछि भावना पलङमा पल्टिइन्। लोकेशले कसकसलाई ल्याएर सुताउँथ्यो कुन्नि, भावनाको नाकले पूरै कोठामा ‘स्त्री-गन्ध’ व्याप्त भएको चाल पायो। उनले सन्जनाको बारेमा पतिसँग सोधिन्। सन्जनाको पहिलो ‘किस’ लाई ‘अमेरिकी हावाको प्रभाव’ मान्नेवाला थिइनन् उनी। तर लोकेशले त्यत्तिकै टारिदियो।

करिब एक हप्ताजति त भावनालाई राम्ररी निद्रै परेन। उनले थाहा पाइन्, पतिको ‘नाइट डिउटी’ पनि पर्दोरहेछ। त्यो बेला त झनै आत्तिइन्। उनले सन्जनालाई नबोलाएकी पनि हैनन्। तर सन्जनालाई भावनाको ‘भावना’ सँग के मतलव! उनलाई त लोकेशको सान्निध्यता भए पुग्थ्यो।

भावनालाई खाना पकाउन नआउने। पतिले नभ्याउने। रेष्टुराँमा खाँदा साध्य नहुने। त्यही भएर कति छाक ‘जङ्क फुड’ ले पेट भर्न विवश भइन्। जीवनमा कहिल्यै पनि नभोगकी पीडा भोग्दै थिइन् तिनी। माइतीमा लाडप्यारमा हुर्केकी चेली। अमेरिका पुगेपछि गतिलै पाठ सिकिन्!

एक साँझ सन्जनाको ‘बर्थ डे प्रोग्राम’ भयो। उनले करिब एक दर्जनजति साथीहरूलाई बोलाइन्। सबै साथीहरू मिलेर सबै थोक तयार पारे। रक्सीको व्यवस्था पनि गरेका थिए। लोकेश मात्र ‘दूधले नुहाएको’ मानिस थिएन। उसले पनि गतिलैसँग मा.प.से.गर्‍यो।

त्यसैको रमरममा उसले भन्यो—‘हेर भावना! अमेरिकामा कुनै पनि कामलाई सानो या ठूलो मानिदैन। यहाँ त सडक बढार्नेहरूसँग पनि कार हुन्छ। सरर्र कारमा आउँछन्। कार रोक्छन् र काम गर्ने साधन झिकेर काम तमाम गर्छन्। अनि जान्छन्।’

– ‘अनि तिम्रो कार खै त महाशय?’ पत्नीले गुनासो गरिहालिन्—‘कि त्यो कार पनि साझा थियो? नेपालमा तिम्री साइँली दिदीले त ठूलै धाक लगाएकी थिइन्! ‘इन्जिनियर हो मेरो भाइ’ भन्थिन्। तर यहाँ आएपछि त मलाई पाल्न पनि नसक्ने हो कि भन्ने पीर पो लाग्न थाल्यो मलाई!’

साइँली दिदीको आलोचना गरेकी हुँदा लोकेश रिसायो। चेताउनी पनि दियो, आइन्दा त्यस्तो कुरा नगर्नू भनेर। सन्जनाले खास कुरा बताइदिइन्। वास्तवमा त्यो कार साझा नै थियो। लोकेश र सन्जनाले बराबर डलर तिरेर किनेका।

तर अब सन्जनाको एकलौटी भैसकेको थियो। लोकेशले ‘बर्थ डे गिफ्ट’ दिएको! तर महिनावारि किस्ता त लोकेशले पनि तिर्दै आएको थियो। सन्जनाले श्रीमतीकै सामन्ने लोकेशलाई ‘थ्याङ्क्यु किस’ गरिदिइन्! भावनालाई बिघ्नै रिस उठ्यो र सन्जनाको ओठ तानिदिइन्। लोकेशलाई तनाव भयो। त्यही भएर लगातार तीन पेग हुल्यो।

आधारात बित्न लागिसकेको थियो। सबै साथीहरू गइसकेका थिए। तर लोकेशलाई सन्जनाले छाड्न मानिनन्। भावनालाई सन्जनाकी साथीको पलमा सुत्न आग्रह गर्दै थिए। अहँ, भावना सुतिनन्। भावनालाई शंका लाग्यो, पक्का पनि सन्जनाले लोकेशलाई यहाँ ल्याएर सुताउने गर्दी रहिछ! लोकेशको कोठामा पनि सुत्दी होली!

नभन्दै एक आइतबार लोकेशले असली चरित्रको एक टुक्रा झलक देखायो। त्यो दिन नेपालीहरूको जमघट थियो। त्यो जमघटलाई ‘पिकनिक’ भनिएको थियो। ‘गार्डेन पार्क’ मा राम्रा राम्रा युवतीहरू आएका थिए। सबैको नजरको केन्द्रबिन्दु भावना नै थिइन्। लोकेशले श्रीमतीसँग साथीहरूको परिचय गराइदियो।

गार्डेन पार्कको रमझममा एक्कासि अप्रिय घटना घट्यो। एक युवकले एक्कासि भावनाको गालामा चुमिदियो। तब त लोकेशले त्यो युवकलाई मुन्ट्याएर पर लग्यो।
लोकेशले अपशब्दको सहारा लिई हकार्‍यो- ‘यु ब्लडी फुल। यु नो हु इज शि?’

-‘ह्वाट्स माई फल्ट?’ आम्मै! युवक त उल्टै जाग्न पो थाल्यो-‘इज शि योर प्राइभेट रूम पार्टनर?’ खै केके फलाक्दै थियो, भावनाले थोरै मात्र बुझिन् क्या र।
तर घटना त्यत्तिमै सामसुम भएन। केटोले लोकेशलाई लोप्पा ख्वाइदियो। फेरि केके फलाक्यो। तब त लोकेशको धैर्यताको बाँध भत्कियो। अनि दनक दिन थाल्यो। धन्न पुलिसले थाहा पाएन। त्यो केटोलाई केही साथीहरूले सम्झाएर बिदा गरे।

बैँस ढल्केकी एक नेपाली महिलाले भावनालाई भनिन्-‘ल यो पिऊ सिस्।’ उनले पेय पदार्थ भरिएको सानो भाँडो थमाइन्। उनको नेपाली नाम लतिका थियो। तर अब त उनी ‘स्विटी म्याम’ भइसकेकी थिइन्।

भावनाले जवाफ दिहालिन्-‘मेरो नाम ‘सिस्’ होइन म्याम। भावना हो।’

स्विटी म्याम अट्टहास गर्न थालिन्। उनको नजरमा भावना त ‘पाखे, गँवार’ केटी ठहरिइन्। ओहो! ती बूढीकन्याले पनि लोकेशलाई ‘किस’ गरिन्! त्यो पनि ओठमै! भावनालाई सही सक्नु भएन। उनको पालो स्विटी म्यामको गाला पड्काइदिइन्।

एक युवतीले भावनालाई तल खसालेर भनिन्-मिस्टर लोकेश! तिमीले त गाउँको गोबरै उठाएर ल्याएछौ नि! केही नजान्ने यस्ती पाखेसँग कसरी जिन्दगी बिताउँछौ यार?’
त्यहाँ भावनालाई हाँसोको पात्र बनाइदिए।

लोकेशलाई चित्त दुखेछ र.जवाफ दियो-‘तिमी पनि नेपालमा गोबरै उठाएर हुर्केकी थियौ मैया! तिमीले बिर्सियौ पहिलो पटक ‘टोइलेट युज’ गर्दाको घटनालाई? ‘कमोडमा फ्लस’ गर्दा तिम्रो अनुहारको ‘मेकअप’ पखालिएको थियो होइन र?’

त्यही रातको कुरा हो…।

भावनाले पति लोकेशलाई भनिन्-‘कोठैमा बन्दी बनेर कति दिन बस्ने म? मलाई पनि कुनै काम खोजिदेऊ। नत्र भने नेपाल नै फर्काइदेऊ।’

-‘हेर नानी। यो अमेरिका हो। आफ्नो मुलुकमा जस्तो सजिलो केही पनि हुन्न।’ लोकेशले नरम व्यवहार प्रदर्शन गर्दै सम्झायो-‘तिमी बी.ए.पास गरेकी केटीलाई यहाँको भाषा बुझ्न केही समय लाग्छ। रहनसहन बुझ्न त झनै बढी समय लाग्छ। तिम्रो पेटमा हाम्रो मायाको बिरूवा हुर्किराखेको छ। अहिले तिमी केवल आफ्नो शरीरको मात्र ख्याल गर भावना।’

भावनाले सुत्केरी स्याहार्ने मान्छेको कुरा निकालिन्। लोकेशले विचारै नगरी साहिँली दिदीको नाम लिइदियो। भावनालाई मन परेन। परोस् पनि कसरी, जव भावनाकी साहिँली आमाजूले पहिलो सन्तान पुत्र नै होस् भन्ने चाहेकी थिइन् र अमेरिका प्रस्थान गर्दा पनि हेटौँडा गएर बसेकी थिइन्।

समय बित्दै जाँदा भावनाको ‘डेलिभरी’ हुने दिन पनि आइपुयो। त्यतिन्जेलसम्ममा केही परिवर्तनहरू भैसकेका थिए। भावनाहरू नयाँ बङ्गलामा सरिसकेका थिए। उनीहरूको निजी गाडी पनि भैसकेको थियो। ती सबै परिवर्तनहरू लोकेशको ससुरालीले गर्दा भएको थियो।

लोकेशको स्वाभिमानलाई भावनाले ‘खोक्रो आडम्बर’ प्रमाणित गरिदिएकी थिइन्। कुरो ठीकै पनि थियो। लोकेशका दिदीहरूले ठूलै धाक लगाएका थिए। आखिर ढाँटेको कुरा काटे पनि मिल्दैन। लोकेशले पी.आर.पाएर के गर्नु? एउटा बास त बनाउन सकेको थिएन।

अन्ततः भावनाले छोरी जन्माइन्। एकदिन सन्जना सुत्केरी भेट्न भनेर आइन्। भावनाका ड्याडी, ममीलाई त उनी निकै फरासिली लागिन्। उनीहरूले उनीप्रति माया पनि दर्शाए। तर भावनालाई पहिलो दिनदेखि नै मन नपरेकी उनी। त्यही भएर ठसक्क परिन्।

सन्जना फर्किनै लाग्दा एकान्तमा पारेर लोकेशसँग गुनासो गरिन्-‘के हो माइ ‘डियर लभर?’ अचेल त तँ मसँग टाढा टाढा हुँदै गइरहेको छस्! एउटै कम्पनीमा काम गर्ने भए पनि भेटघाट हुनै छाड्यो त! बिहे गरिस्। मैले केही भनिनँ। सन्तान जन्माइस्। फेरि पनि केही भनिनँ। तर…।’

-‘हेर् सन्जना! अब म घरबारे मानिस हुँ। पहिले पहिले केके हुन्थे। केके भए, त्यतातिर नजाऊँ।’

लोकेशले प्रष्टसँग भनिदियो। त्यसो त सन्जनाले लोकेशसँग ‘वान साइडेड लभ’ गरेकी थिइन्। त्यही भएर लोकेशसँग भएका ‘अन्तरंग सम्बन्ध’ का घटनाहरूलाई पनि लोकेशले ‘एक तर्फी’ नै मानेको थियो। उसले सन्जनालाई टाढिन र कुनै केटासँग सम्बन्ध गाँस्न सुझाव दियो। अहँ, सन्जनाले ढिपी छाडिनन्। लोकेशलाई माया गरिरहने विचार प्रकट गरिन्।

ती दुईको भलाकुसारीको दृश्य सुत्केरी भावनाको नजरबाट छिप्न सकेन। त्यो कुरा उनले ड्याडीको कानसम्म पुर्‍याइन्। लोकेश घरमा नभएको मौका पारेर भावनाको ड्याडीले सन्जनालाई घरमा बोलाए।

उनले सन्जनालाई आशा देखाउँदै भने-‘हेर नानी! त्यो कम्पनीमा काम गरेर तिम्रो भलो होलाजस्तो छैन। मेरो एकजना साथीको ठूलो कम्पनी छ। तिमीले चाह्यौ भने ‘म्यानेजर पोष्ट’ दिलाउन म सहयोग गर्छु।’

सन्जनाले कुरा बुझिहालिन्। तब सिधै नकारिदिइन्—‘भो भो अङ्कल ! यो कम्पनी छाडेर म अन्त कतै पनि जान्नँ। मलाई यहीँ पुग्दो ‘स्यालरी’ दिइराखेको छ।’
त्यसपछि बूढाले धम्कीको भाषा प्रयोग गरे। आइन्दा लोकेशसँग भेटघाट र ‘आपत्तिजनक स्थिति’ मा पाए भने सन्जनाले ठूलो मूल्य चुकाउनु पर्ने छ!

त्यही घटनाको राति भावनाकी ममीले जुवाइँलाई तर्साइन्- ‘अमेरिकामा बसेको भन्दैमा जे पनि गर्न पाइन्छ? तिमी यसपालि चुनाव लड्छु भन्दैछौ। संस्थाको पद पाउन चरित्र पनि त असल हुनु पर्छ ज्वाइँ बाबू। यदि तिम्रो बदमासी रोकिएन भने ‘गैर आवासीय नेपाली संघ’ को ढोका ढकढकाउन जान्छौँ हामी। नेपालीहरूको अधिकार स्थापित गर्ने ‘एन.आर.एन.ए’.ले पी.आर.खारेज गरिदिन पनि सक्ला केरे!’

सासू-आमाले धम्क्याएपछि लोकेश केही बोल्न सकेन।

अन्ततः भावनाले पनि काम गर्न थालिन्। उनले रेष्टुराँमा काम पाएकी थिइन्। ड्याडी त नेपाल फर्किसकेका थिए। ममीचाहिँ नातिनी स्याहार्न बसेकी थिइन्। भावनाको पद ‘वेट्रेस’ थियो।

एक साँझको घटना हो…।

भावना टेवलका खाली प्लेटहरू उठाउँदै थिइन्। त्यहाँ पाँच जनाको ‘ग्याङ’ थियो। दुई जना नेपाली मूलका पनि थिए। टेवलमा ‘टिप्स’ राखिसकेपछि एउटा अधबैँसे नेपालीले भावनाको तल्लो अन्तरवस्त्र हेर्न खोज्यो। भावनाले विरोध गरिन्।

अति भएपछि भावनाले रिस थाम्नै सकिनन् र बेसरी बजाइदिइन्। मोराको नाक र ओठबाट रगत बग्न थाल्यो। त्यसपछि पुलिसलाई बोलाए। भावनालाई लगेर थुनिदिए। करिब चार घण्टापछि लोकेशले कागज गरेर पत्नीलाई छुटाएर ल्यायो।

भावनाको जागीर गयो। एक पटकको असफलतापछि नै भावनाको मोह भंग हुन पुग्यो। उनलाई अमेरिकाको बसाइ बोझ लाग्न थाल्यो। तब उनले पति लोकेशलाई नेपाल फर्किन आग्रह गरिन्। लोकेशलाई पत्नीको चाला देखेर उदेक लाग्यो। त्यसो त ममी पनि खुसी थिइनन्।

लोकेशले धम्की दियो-‘तिमी नेपालै फर्किने भए मलाई ‘डिभोर्स’ दिएर मात्र जाऊ।’

भावनाले प्रतिवाद गरिहालिन्-‘हस्, दिऊँला नि डिभोर्स! मलाई छाडेर त्यो बाइफाले सन्जनासँग मोज गरूँला भन्ने सोचेका हौला हैन?’

लोकेशकी सासू-आमाले पनि आपत्ति जनाइन्-‘यो के कुरा गर्नुभएको ज्वाइँ बाबू! मेरी छोरीको जिन्दगीसँग खेलवाड गर्न पाउनुहुन्न हजुरले। यसले के गरेर खान्छे?’

जुवाइँले नमिठो जवाफ दियो-‘यो सबै हजुरहरूको नचाहिँदो लाडप्यारको नतिजा हो ममी। यदि हजुरहरूले भावनालाई घरायसी कामको तालिम दिनुभएको भए आज यिनले यो दिन देख्न पर्दैन थियो। अमेरिकामा सन्तान जन्माएर अमेरिकाकै स्थायी बासिन्दा हुने उच्च आकाङ्क्षा पालेकी भावना यति धेरै कमजोर होलिन् भन्ने मैले सपनामा पनि चिताएको थिइनँ ममी।’

अन्ततः भावनाले आफ्नो कमजोरी महसुस गरिन् र एक योग्य एन.आर.एन.भएर बाँच्ने अठोट पनि गरिन्। पत्नीको बुद्धिको बिर्को खुलेकोमा लोकेश खुसी भयो। त्यसको भोलिपल्टै उसले पत्नीलाई अङ्ग्रेजी भाषा कक्षाको लागि एक ‘इन्स्टिच्युट’ मा लिएर गयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.