स्वर्गद्वारीको ११ सय बिघाह जग्गा हडप्न भूमाफियाको चलखेल

डिसी नेपाल
१६ साउन २०७६ २०:४४

काठमाडौं। स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजनाअनुसार केही राजनीतिकदलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजनाअनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको समेत बताएको छ ।

स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखा लागेर हडप्ने गतिविधि भइरहेको बताए । उनले भने, ‘स्वर्गद्वारी आश्रम जस्तो पवित्र थलोलाई बदनाम गराउनेहरुको खतरनाक योजना छ ।’ २०५८ सालबाट नै राजगुठी बनाउने र जग्गा हडप्ने खेल शुरु भएको उनको दावी छ ।

स्वर्गद्वारी आश्रमले यसलाई रोकेपछि यसका विरुद्ध राजनीतिक दलका जिम्मेवार नेताहरु नै लागेको उनले बताए । उनले स्वर्गद्वारी नेपालभित्र र बाहिरका हिन्दुहरुको पवित्र तीर्थस्थल भएकाले यसमाथि प्रहार गर्नेहरुबाट सरकार र आमनागरिक सचेत हुनुपर्नेमाजोड दिए ।

पत्रकार सम्मेलनमा सरकारले आश्रमको जग्गा जोगाउन लाग्नुपर्नेमा उल्टै भूमाफियालाई सघाउ पुग्ने गतिविधि गरिरहेको उनले आरोप लगाए । सरकारकै गतिविधि ठिक नभएको भन्दै यसप्रतिदुःख लागेको उनले बताए । बाहिरबाट देख्दा स्वर्गद्वारीको जग्गा धेरै भनिएपनि अधिकांशले आश्रमलाई तिर्नुपर्ने कुत नतिरिरहेको उनले बताए । उनले कुत नतिर्दा आश्रम संचालनमा कठिनाई भइरहेको बताए ।

आश्रमको आफ्नै जग्गाजमिनको लालपूर्जाको प्रमाण रहेको उनको दावी छ । आश्रम स्थापनागर्ने श्रीमहाप्रभुले विभिन्नव्यक्तिहरुसँग जग्गाखरिद गरी स्वर्गद्वारी आश्रम बनाएको उनको दावी छ। उनले भने, ‘कसैको जग्गा हडपेको होइन, खरिद गरिएको हो ।’ २०३० सालयता १२ सय बिघा जमिनको लालपूर्जा आफूहरुसँग रहेको उनले बताए ।

दाङसहित ११ सय बिघाहा जग्गामध्ये सम्पूर्ण मौजामा २८९ जनामोही रहेको र प्रतिवर्ष आश्रमलाई प्राप्तहुनुपर्ने धान १८१५ क्विन्टलमध्ये निकै कममात्र प्राप्त हुन आएको आश्रमले जनाएको छ। मौजाको कुत नतिर्न केही राजनीति कदलका नेताले चलखेल गरिरहेको समेत आश्रमले जनाएको छ ।

वार्षिक ६ करोड खर्च हुने स्वर्गद्वारी आश्रम संचालनमा निकै कठिनाई भइरहेको उनले बताए । दुईलाखभन्दा बढी भारतीयभक्तजनहरुको दानदक्षिणाबाट आश्रमले भरथेग पाइरहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

विं सं १९८३ सालदेखि १९८३ सालसम्म दाङको दउेखुरी स्वर्गद्वारीका नाममा जग्गा किन्न सुरु गरेको र जग्गाको लालपुर्जा सुरक्षित रहेको कुरा कार्यक्रमका आयोजक धुव्र सिंहले बताए । कार्यक्रममा उनले २०६४ सालसम्म सबै मोहीहरुले जग्गाको आयस्ता बुझाउँदै आएका र २०६० साल पछाडी ४०प्रतिशत मोहीले मात्र आयस्रोत बुझाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *