झुम्काबजारको नयाँ सेल्फी ब्रिज उद्घाटन

डिसी नेपाल
१९ साउन २०७६ ८:१६

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल) सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन् ।

रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताए । फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो।

कोइरालाको सांसद विकास कोषको रकमबाट रु २४ लाख ७५ हजार र जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी जम्मा रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य सम्पन्न हो।

उद्घाटन कार्यक्रममा रामधुनी नगरप्रमुख जयप्रकाश चौधरी, सांसद ज्योति सुब्बा, रामधुनी काङ्ग्रेसका नगर सभापति सुदीप अधिकारीलगायतको सहभागिता रहेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *