पत्रकार तथा लेखक खेम थपलिया काठमाडौँको बागबजारबाट पक्राउ
काठमाडौँ । पत्रकार तथा लेखक खेम थपलिया पक्राउ परेका छन्।
उनलाई प्रगतिशील लेखक सङ्घ काठमाडौँको बैठकबाट निस्कने क्रममा प्रहरीले बागबजारबाट पक्राउ गरेको हो।
थपलिया नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट सांस्कृतिक महासंघका महासचिव हुन्।
प्रगतिशील लेखक सङ्घको बैठकबाट फर्कने क्रममा प्रहरीले नाटकीय ढङ्गले घेराबन्दीमा पारेर पक्राउ गरेका हुन्।
थपलियासँगै अध्यक्ष रिसाल, उपाध्यक्ष देबु लुइटेल, सहसचिब सरीता खनाल सहितका लेखकलाइ प्रहरीले प्रक्राउ गर्ने कोसिस गरेको हो।
प्रगतिशील लेखक सङ्घ केन्द्रका महासचिव समिर सिंह, उपमहासचिव आरसी न्यौपाने, सचिव प्रकाश थापा मगर, केन्द्रीय सदस्य मधु क्षेत्री, पारस ढकालसहित बैठक बसेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment