जङ्गली च्याउ खाँदा ज्यान गयो

डिसी नेपाल
२९ साउन २०७६ २१:२२

जाजरकोट । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । उनीसँगै च्याउ खाएर बिरामी भएकी उनकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै गर्दा मृत्यु भएको थियो ।

जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिदै गएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *