चितवनमा पत्रकार पुडासैनीको पक्षमा नाराजुलुश

डिसी नेपाल
३२ साउन २०७६ ११:३२

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविनको माग गर्दै चितवनमा युवाहरुले प्लेकार्डसहित नाराजुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न बाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार लामिछानेसहित अन्य २ जनालाई पक्राउ गरी बिहीबार नै प्रहरीले चितवन ल्याएको छ।

शुक्रबार दिनभर चितवनमा लामिछानेका समर्थकले रबी दाई हाई हाई, तुरुन्त रिहा गर, गुन्डाशैली बन्द गर लगाएतका नारा लगाउँदै आन्दोलन गरेका थिए ।

आज शनिबार बिहानैबाट चितवनका स्थानीय कानुनत छानविन गर्नुपर्ने र पुडासैनीलाई न्याय दिलाउनुपर्ने माग गर्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *