काठमाडौँमा ‘चौँँथो आइसिटी अवार्ड २०१९’ वितरण
काठमाडौँ । चौँथो आइसिटी अवार्ड २०१९ आज राजधानीमा वितरण गरिएको छ । ‘लिभिङ विथ’ आइसिटी पत्रिकाले आयोजना गरेको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त अवार्ड प्रदान गरे।
मन्त्री पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सूचना प्रविधि क्षेत्रको विकास गर्नु जरुरी रहेको औँल्याए । सूचना र प्रविधिमा मुलुक पछाडिपरेको बताउँदै उनले प्रविधिजन्य जनशक्ति उत्पादनमा सरकराले ध्यान दिएको उल्लेख गरे।
सरकारले विज्ञान तथा प्रविधि नीति ल्याउन लागेको जानकारी दिँदै मन्त्री पोखरेलले त्यसपछि सरकारी संस्थालाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा व्यक्तिगततर्फ डा समीर मास्के, अमित अग्रवाल, महावीर पुन र पत्रकार विजय तिमिल्सिनालाई र संस्थागतर्फ लोकसेवा आयोग, खुला विश्वविद्यालय, विद्यार्थीतर्फ नितेश पाण्डे र एलेस भट्टराई तथा उत्पादनतर्फ मेरीफ्लोर सिष्टम एण्ड सर्भिस र इडिजिटल नेपाल, पब्लिक च्याइसतर्फ किताब यात्रालाई अवार्ड प्रदान गरिएको थियो।
लिभिङ विथ आइसिटी पत्रिकाका अध्यक्ष राजन लम्सालले सूचना प्रविधिका क्षेत्रमा प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको बताए । सन् २०१६ देखि सूचना प्रविधिका क्षेत्रमा काम गर्नेलाई संस्थाले अवार्ड प्रदान गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment