नारायणगढको लायन्स भवनमा आगलागी

डिसी नेपाल
२ भदौ २०७६ १२:०९

चितवन । चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा हिजो (आइतबार) राती आगलागी भएको छ।

आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन।

तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *