कोरियामा एक नेपाली युवा झुन्डिएको अवस्थामा मृत फेला

डिसी नेपाल
४ भदौ २०७६ १६:४७

काठमाडौँ।  रोजगारीको लागि दक्षिण कोरिया पूगेका एक नेपाली युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

कोरियाको बुसानमा कार्यरत काभ्रे जिल्ला बेथानचोक ३ लप्सीबोटका केदार तिमल्सिना आफू बस्ने भवनको पार्किङस्थलमा बुधवार विहान झुन्डिएको अवस्थामा भेटिएको न्यु भिजन गूरुप दक्षिण कोरियाका अध्यक्ष संजिव राईले डिसी नेपाललाई जानकारी दिए।

विगत ८ वर्षदेखि कोरियामा कार्यरत रहेका मृतक तिमल्सिना पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी पुन: सीबीटी परीक्षा दिएर कोरिया गएका थिए।

उनका घरमा श्रीमती र एक महिनाको छोरा छन्। मृतकको शव पोस्टमार्टमका लागि बुसानस्थित एक अस्पतालमा राखिएको राईले बताए।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *