कोरियामा मंगोलियन हार्ट लाइभ कन्सर्ट हुने
सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले संयुक्त रूपमा मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ रूपमा गर्न लागेको छ।
आइतबार सियोलमा रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले पत्रकार सम्मेलन गर्दै संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा कार्यक्रमको महत्व, आबश्यकता र तयारीका बारेमा जानकारी गराएको छ।
कायक्रम छुसकको पहिलो दिन अर्थात १२ सेप्टेम्बरमा हुने लागेको छ। मंगोलियन हर्ट व्याण्डको २५ बर्ष पुगेको उपलक्ष्यमा मंगोलियन हर्टको लाइभ कार्यक्रम हुन लागेको हो।
यसबाट हुने आम्दानी दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी हुनौका साथै प्रदेश नं. ३ का तीन वटा जिल्ला मिलेर कार्यक्रम गर्न लागेको भएकोले कोरियामा मिलेर कार्यक्रम गर्न सकिने रहेछ भन्ने उदाहरण आफुहरू बन्न खोजेको रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष रबि प्रताप घिसिङ्गले बताए।
कार्यक्रममा मंगोलियन हर्ट ब्याण्डसँगै भ्वाइस अफ नेपालको जर्ज तथा चर्चित रक गायिका आस्था राउत, मोडेल तथा चर्चित डान्सर अन्जली अधिकारी, चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल सिजन १ सेकेन्ड रनरप गायक प्रताप दासले आफ्नो प्रस्तुति दिनेछन्।

No ads found for this position

डिसी नेपाल
Generic Propecia Price Can You Take Amoxicillin Capsule Apart How Last Longer cialis Zentel Roundworms