इराक कुर्दिस्तानमा तीज विशेष कार्यक्रम हुने
कुर्दिस्तान। नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीले दोस्रो पटक हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ।
प्रवासमा रहेर कर्म गरिरहेका दिदीबहिनीहरूको मनोरञ्जनलाई विशेष ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको समाजका महासचिव निमा डोल्मा शेर्पाले जानकारी दिए।
सुलेमानीमा रहेको नेपाली भेटघाट पार्क अगाडि अवस्थित प्यालेस रेस्टुरेन्टमा सेप्टेम्बर ६ तारिख शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा कुर्दिस्तानवासी सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि समाजका अध्यक्ष सानू शेर्पाले निमन्त्रणा गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment