नेपाली जनसम्पर्क समिति साउदीअरबकाे मध्यक्षेत्रीय समिति पुनर्गठन

डिसी नेपाल
८ भदौ २०७६ १४:१२

साउदी अरब । नेपाली जनसम्पर्क समिति साउदी अरबले समितिका सभापति दिपक रेग्मीको सभापतित्वमा मध्य क्षेत्रिय (रियाद) क्षेत्रिय समिति पुनर्गठन गरेको छ ।

समितिका संरक्षकद्दय राजु सैयद र विदुर कोइरालाको विशेष अथितिमा समितिको प्रमुख सल्लाहकार तथा गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक यासमिन बेगम, बरिस्ठ उपसभापति अर्जुन थापा, प्रथम उपसभापति नमराज लामिछाने, कोषाध्याक्ष द्ववारिका राज गिरीलगायत समितका अन्य पदाधिकारीहरूको उपस्थित एवं आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई शुभकामना तथा मन्तव्य एवं बन्दसत्र तथा क्षेत्रीय समिति घोषणा गरि दुई भागमा गरिएको थियो। कार्यक्रम संचालन महामन्त्री सुरेस राज त्रिपाठीले गरेका थिए।

नेपाली राष्ट्रिय गानसँगै सुरु गरिएको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारण गर्दै कार्यक्रमलाई अगाडि बढाइएको थियो।

पुनर्गठित समितिको सभापतिमा गोपाल पङ्गेनी, उपसभापतिमा योगा थापा,  भुपेन्द्र थापा, सचिवमा कृष्ण भुसाल, सहसचिवमा धनबिर लिम्बु, कोषाध्यक्षमा हरी पौडेल र सहकोषाधक्ष्यमा कृष्ण बस्याल चयन भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *