‘युएई एक्सचेञ्ज–हिमाल रेमिट’को नेपालीलाई दशैँ तिहार अफर

डिसी नेपाल
८ भदौ २०७६ १६:४३

युएई । युएई एक्सचेञ्जले नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा आकर्षक उपहार योजना सार्वजनिक गरेको जनाएको छ ।

युएई एक्सचेञ्जले आफ्ना सम्पूर्ण नेपाली ग्राहक, शुभचिन्तक तथा रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई दशैं तिहारको खुसीमा अझ खुसी थप गर्न यो योजना सार्वजनिक गरेको जनाएको छ ।

महान पर्वको उपलक्ष्यमा नेपाली ग्राहक वर्गलाई लक्षित गर्दै हिमाल रेमिट्को सहकार्यमा ५ लाख रुपैयाँ राशिको मेघा पुरस्कारसहितको उपहार योजना सार्वजनिक गरेको बताईएको छ।

सो योजना अन्तर्गत युएई एक्सचेञ्जका कुनै पनि शाखाबाट अगस्ट २५ देखि अक्टोबर ५ सम्म नेपालमा पैसा पठाउँदा हरेक हप्ता १  / १ लाख रुपैयाँ ५ जना भाग्यशाली ग्राहकले युएईमै पाउनेछन् भने मेघा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ कुनै एक नेपाली ग्राहकले युएई एक्सचेञ्जबाट नेपाल पैसा पठाउँदा पाउन सक्नेछन्।

पुरस्कार योजना अन्तरगत दशैँ–तिहारको यो अवधिमा युएई एक्सचेञ्जबाट कारोबार गर्ने सबै नेपालीमध्ये ५ जनाले १र१ लाखका दरले ५ लाख रुपैयाँ र एक जनाले ५ लाख रुपैयाँ गरी जम्मा १० लाख रुपैयाँ जित्न सक्ने युएई एक्सचेञ्जले जनाएको छ।

युएई एक्सचेञ्जले नेपालीहरुलाई मात्रै लक्षित गरेर उपहार योजना बेलाबेलामा सार्वजनिक गरिरहेको छ। सबैभन्दा पहिला युएई एक्सचेञ्जले आफ्नो एक्सचेञ्जबाट नेपाल पैसा पठाउने २३ जना नेपालीहरुलाई युएइ–काठमाडौं–युएईको रिटर्न हवाई टिकट उपहार स्वरूप प्रदान गरिसकेको छ।

गत दशै–तिहारको अवसरमा पनि आकर्षक आर्थिक पुरस्कार योजना सार्वजनिक गरेको थियो भने नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पनि ७ लाख रुपैयाँ राशिको उपहार योजना सार्वजनिक गरेर युएई एक्सचेञ्जले नेपाली ग्राहकहरुलाई उच्च प्राथमिकताका साथ राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *