दिल्लीमा तीज विशेष कार्यक्रम हुँदै

डिसी नेपाल
१० भदौ २०७६ १०:५१

नयाँ दिल्ली। महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा भारतको राजधानी दिल्लीमा विशेष कार्यक्रम हुने भएको छ । हाम्रो स्वाभिमान ट्रस्टले आउँदो सेप्टेम्बर १ तारिखको दिन दिल्लीको तालकटोरा स्टेडियममा तीज विशेष कार्यक्रम गर्ने भएको हो।

नेपाली संस्कृतिलाई सम्मान साथै जगेर्ना गर्नको लागि ट्रस्टले प्रत्येक वर्ष हरितालिका तीज, भानु जयन्ती जस्ता नेपाली विशेष महत्वका पर्वहरूलाई मनाउँदै आइरहेको छ।

कार्यक्रममा पूज्य स्वामी रामदेव जी महाराज, पूज्य आचार्य बालकृष्ण जी महाराज लगायत भारत तथा नेपालीका उच्च व्यक्तित्वहरू सहभागी हुने स्वाभिमान ट्रस्टकी राष्ट्रिय संयोजक अनिता क्षेत्रीले बताइन् ।

त्यस्तै कार्यक्रममा नेपाली चर्चित कलाकार रामजी खाँड, सुनिता दुलाललगायत दिल्लीमा कार्यरत स्थानीय कलाकारको समेत बेजोड प्रस्तुती रहने क्षेत्रीले बताइन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *