जापानमा एक नेपाली युवा बेपत्ता

डिसी नेपाल
१० भदौ २०७६ १३:२१

टोकियो । रोजगारीको लागि जापान आएका एक नेपाली युवा बेपत्ता भएका छन्। नायोगामा नेपालीले सञ्चालन गर्दै आएको इन्डियन रेस्टुरेन्टमा कार्यरत रहेका बारा निजगढ नगरपालिकाका लक्ष्मण शर्मा विगतकेहि दिनदेखि बेपत्ता भएको एनआएनए क्षेत्रीय समिति नायोगाले जनाएको छ।

एनआएनए नायोगा क्षेत्रीय समितिका संयोजक श्याम शित्तलले बताएअनुसार शर्मा गत २० तारिखदेखि सम्पर्कविहीन भएका हुन्। 

बेखबर बनेर हराएपछि खोजी गर्नु आफूहरूको दायित्व सम्झेर शर्माको खोजबिन थालिएको एनआएनए नायोगा क्षेत्रीय समितिले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *