नेपाली समाज युएईको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता

डिसी नेपाल
११ भदौ २०७६ १०:५६

युएई । नेपाली समाज युएईको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वको लागि दावेदारीहरुले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कला, संस्कृति, भाषा,साहित्य तथा पर्यटन जस्ता क्षेत्रहरूको प्रचार प्रसारलगायत युएईमा नव आगन्तुक नेपालीहरूलाई नेपाली समाज तथा युएईको नियम कानुन यथास्थिति र गतिविधिका बारेमा अवगत गराउन सन् १९९० मा युएईमा यो स्थापना गरिएको थियो।

समाजको  २०१९–०२१ कार्यकालको नयाँ नेतृत्व चयनका लागि आगामी सेप्टम्बर ६ का दिन अधिवेशनको मिति तय गरिएको छ। यतिबेला बरदुबईको वरपर निकै चहल पहल र जमघट हुन् थालेको छ । पत्रकार महासंघ, युएई शाखाको रोबरमा निर्वाचन समिति बनाएर अगस्ट २५ तारिखका दिन उमेदवारी दिनेको अन्तिम नामावली घोषणा गरिसकिएको छ।

अध्यक्षको लागि मणि भुर्तेल र गोविन्द ढकालले  उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपाध्यक्षमा कमला भण्डारी, कमल गिरि, गणेश न्यौपाने, गोविन्द प्रसाद भट्टराई रहेका छन् । महासचिवमा लोकेन्द्र बहादुर बम र बेद प्रसाद अर्याल रहेका छन् । पार्षद्‌ अध्यक्षमा राम बहादुर मुक्तान, सचिवमा मनोज कुमार सैजु, कोशाध्यक्षमा दीपक राउत, डिल्लीराज न्यौपाने, हरि चापागाईँ रहेका छन् । सदस्यमा भीम सुनार, लक्ष्मण अर्याल, नारायण प्रसाद ढकाल, प्रेम भण्डारी, नारायण बहादुर बोहरा रहेको कुरा निर्वाचन समिति सदस्य बिजनेश काउन्सिल दुबईका कोषाध्यक्ष व्यवसायी एकेन्द्र बहादुर थापाले डिसी नेपाललाई जानकारी दिए।

युएईमा क्रियाशील ४१ संस्थाका पार्षद्‌ १ सय ७१ सदस्य र नेपाली समाजका १ सय ३९ आजीन सदस्य र पदाधिकारीहरूको सहभागी भएर २२ सदस्यीय नयाँ कार्यसमिति बन्ने नेपाली समाजका वर्तमान महासचिव नारायण लम्सालले बताए।

युएई नेपाली बासीको साझा संस्थाको रुपमा हेरिएको नेपाली समाजलाई मध्य नजर राख्दै एनआरएन आइसीसीका मध्य पूर्व उपसंयोजक गोपाल कडेल, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष बाबुराम विश्वकर्मालगायत क्रियाशील नेपाली संघ सस्थाका अध्यक्ष र प्रतिनिधिहरूको जमघट रहेको थियो।

वर्तमान अध्यक्ष तथा संस्थापक सदस्य चन्द्र प्रसाद सापकोटाले विगत भन्दा अहिले दिन प्रतिदिन नेपाली समाजप्रति आकषर्ण बढेको र नेपाली राजदूतावास र अन्य सङ्घसंस्थासँग हातेमालो गरेर अगाडि बढन सफल भएको कुरा जानकारी दिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *