जापानमा एक नेपाली विद्यार्थीको निधन

डिसी नेपाल
१२ भदौ २०७६ ७:५६

टोकियो। अध्ययनका लागि जापान आएका नेपाली युवाको उपचारको क्रममा आकस्मिक निधन भएको छ। बर्दिया मगरागडीका २९ वर्षीय रामहरी घिमिरेको कानागावा केनमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो।

मृत्युको यकिन कारण नसेकेको र प्रहरी रिपोर्ट बुझ्ने काम भइरहेको बताईएको छ।

अकस्मात् पेट दुखाईको समस्या आएपछि अस्पताल भर्ना भएका घिमिरेको चुरिन्काई अस्पताल कानागावामा मंगलबार राती २ बजे निधन भएको हो।
मृतक घिमिरेको परिवारजनको सल्लाहमा शव नेपाल पठाइने तयारी भएको छ।

यसको लागि आवश्यक रकम संकलनको काम भईरहेको जनाउँदै बाँके बर्दिया मैत्री समाज सहयोगको लागि जापानवासी नेपालीहरुमा अनुरोधसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *