शुक्रबार युएईमा तीज तथा गौरा पर्व विशेष कार्यक्रम हुँदै

डिसी नेपाल
१२ भदौ २०७६ २२:००

युएई। युएईमा क्रियाशील संघ संस्थाहरूले सधै जस्तो यो पालि पनि तिज विशेष पारेर बिभिन्न कार्यक्रम गर्नै भएका छन् ।  शुक्रबा मात्रै युएईमा ४ ओटा कार्यक्रम हुने भएका हुन्।

नेपालबाट चर्चित कलाकार ल्याएर सुदूरपश्चिम सेवा समाज युएईले अस्टोरिया होटल बर दुबईको एभरेस्ट क्लबमा गौरा पर्व गर्दैछ, भने दाङ, रोल्पा, प्युठानको संयुक्त तीज विशेष कार्यक्रम काल्टेन टावर देरा, स्याङ्जा सहयोग समाज युएई आबुधाबी क्षेत्रीय समितिले आबुधाबीमा र मितेरी समाज युएईले अलऐनमा विशेष तीज कार्यक्रम गर्दैछन्।

सुदूरपश्चिम सेवा समाज युएई को कार्यक्रमका लागि कलाकार चक्र बम र रेखा जोशी दुबई पुगी सक्नु भएको छ भने दाङ रोल्पा प्यूठान संयुक्त तीज विशेष कार्यक्रमका लागि नेपालबाट कलाकारहरू राधिका हमाल, बिन्दु परियार तथा झलक संगीतम दुबई आएका छन्।

स्याङ्जा सहयोग समाज युएईका लागि कलाकार पुष्कल शर्मा, मन्जु बिक आज राति आबुधाबी आईपुग्ने समाजका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए।

मितेरी समाज युएईले अलऐनमा विशेष तिज कार्यक्रमका लागि राजु ढकाल र सम्झना लामिछाने मगर आजै अलऐन पुग्दैछन।


 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *