क्यानडाको राजधानीमा तीजको रमझम

डिसी नेपाल
१३ भदौ २०७६ २१:४९

क्यानडा । अगष्ट २९ तारिक बिहिवारको दिन क्यानडाको राजधानीमा रहेका नेपालीहरु भेला भइ तीज कार्यक्रमलाई भव्य रुपले मनाए।

क्यानडा नेपाल सोलिडारिटी फर पिस नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष तारा उप्रेतीले स्वागत गर्दै आजहामी यहाँ सबै आफ्ना व्यस्ततालाई बिर्सिएर पारिवारिक वियोगका वेदनाहरुलाई भुलेर भय रहित झन्झट रहित भएर नाँचगान गर्दछौं। भनिन्।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई गैह्रआवासीय नेपाली नेपाली संङ्घ क्यानाडाका नव निर्वाचित सदस्य सन्तोष बरालले प्रवासमा पनि यसरी नेपालीहरुले भेलाभएर गाउँदा नाच्दा र नेपाली श्वादका परिकारहरु खाँदा हामी नेपालकै कुनै ठाउँमा छौं जस्तो आभाष हुँदो रहेछ।

भन्दै आफ्नो संस्कृति परंपम्परालाई सदैब जोगाइ राख्नु पर्नेमा जोड दिइन्। क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना तथा उनकी पत्नी संगीता ढुंगानाले पनि शुभकामना दिएका थिए।

नेपाल भन्दा लाखौंकोश टाढा आएर यती धेरै नेपालीहरुको भेटघाट र तीज मनाउँन पाउँदा आफुलाई सारै खुशी लागेको छ। आजका दिनले सबैका मनोकांक्षाहरु पुरा हुन्।

सबैका सरल र सहज दिनहरु आउन भन्दै संगिता ढुंगानाले आफ्नो मन्तव्य राखे। त्यस्तै गरी महामहिम ढुंगानाले नेपाली कला संकृति र परम्पराहरुलाई जोगाई राख्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यस प्रकारका कार्यक्रमको महत्वपूर्ण भूमिका हुनेछ।

हाम्रो भाषा संस्कृति कला र साहित्यहरु भनेकै हाम्रो आफ्नो पना हो। परिचय हो। अरुलाई हामी कोहौ भन्ने परिचय दिन हाम्रा यावत संस्कृति चाडपर्वहरुको भूमिका रहनेछ। हामीले हाम्रा सबै चाडपर्व मनाउँदै जानु पर्छ।

सबै उपस्थित दिदीबहिनी दाजुभाइहरुमा तीजको हार्दिक शुभकामना व्यक्त गर्दछु भने। राता साडी र गहँनामा सजिएर आएका महिलाहरुले सहभागिबाट पकाएर ल्याएका बिबिध परिकारहरु सेलरोटी खिर लट्टे पुलाउ बिभिन्न प्रकारका अचारहरु मिठाइहरु खाएर तीज मनाइएको थियो।

यसको संयोजनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुनेमा रिता सिलवाल सुचिता दवाडी ईसा पौडेल धनमायाँ बजगाई नीरा खरेल आचार्य थिइन्।

कार्यक्रममा तीजका गीतहरुमा सबै सहभागीहरुले कम्मर मर्काइ मर्काइ नाचेका थिए। महिला दिदीबहिनीहरुलाई उत्साह र प्रेरणा दिनका लागि पुरुषहरुको पनि नृत्यमा राम्रो सहभागिता रहेको थियो।

कार्यक्रम अटवाको हेदरिङटोन कम्यूनिटी सेन्टरकोहलमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *