मृगौला पीडित युवराजलाई कतारबाट आर्थिक सहयोग
दोहा। रानाभाटरभाट समाज कतारले कास्कीका मृगौला रोगी युवराज रानाभाट लाई आर्थिक सहयोग गरेको छ।
संस्थाले रानाभाटको सहयोगार्थ ,रानाभाटरभाट समाज कतारका सल्लाहकार सुरज रानाभाटको संयोजकत्वमा आर्थिक रकम उठाएको थियो । सो रकम संस्थाका अध्यक्ष सन्जिब रानाभाटले रानाभाटरभाट समाज नेपाल कास्कीमा पठाई शनिवार एक कार्यक्रमकाबीच पीडित युवराज रानाभाटलाई रु १ लाख ७७ हजार ३ सय ७७ रुपैयाँ पश्चिमाञ्चल क्षेत्रीय तथा कास्की केन्द्रिय समितिको रोहबरमा बुझाएको हो।
रानाभाटरभाट समाज पश्चिमाञ्चलका क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ठाकुर प्रसाद रानाभाटले कतार शाखाले स्थापनाकाल देखिनै यस्ता काम गरेकोमा यो पाठ अरुले पनि सिक्नुपर्ने बताउँदै पीडित युवराज रानाभाटलाई सु स्वास्थ्यको कामना गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment