कुवेतवासी नेपाली चेलीहरुले धूमधाम पूर्वक मनाए यसपालिको तीज
कुवेत। यसपालिको तीज कुवेतमा कार्यरत रहेका नेपाली चेलीहरूले धूमधाम मनाएका छन्। कुवेत सांस्कृतिक मञ्चको आयोजनामा शुक्रवार कुवेतस्थित जिलिबको इन्डियन सेन्टर स्कुलको हलमा अतिथि कलाकार पूर्णकला बिसीका साथमा नाचगान गरेर मनाएका हुन्।
मञ्चका अध्यक्ष गोविन्द बरुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी र विशेष अतिथिहरू नेपाली राजदूतावास कुवेतकी सहचारीस् यशोदा अधिकारी, द्वितीय सचिव जानकी ओझा, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, गैरआवासीय नेपाली संघ आइसीसी सदस्य अमित राईलगायतकाे उपस्थिति रहेको थियो।

कुवेतमा रहेर आफ्नो कला र गला भएका कलाकारहरुलाई समेट्दै नेपाली सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्दै नयाँ वर्ष, तिज विशेष तथा नेपाली चाडपर्वहरू दशैँ, तिहारलगायतमा वभििन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजनाको साथमा कुवेतको नेपाली समाजमा हातेमालो गरिरहेको नेपाल कुवेत सांस्कृतिक मञ्चले कुवेतमा रहेका नेपाली दिदीबहिनीहरू लाई ध्यानमा राखी प्रवासमा भएपनि माइतीको आभाष दिलाउन १९ औं प्रस्तुती स्वरुप तिज विशेष कार्यक्रम आयोजना गरेको हो।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चको १९ औ सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथि र विशेष अतिथिले सामूहिक रुपमा पानसमा दीप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा लोकगायक माधव शर्माले कार्यक्रम संचालन गरेको थिए भने मञ्चको बरिष्ठ संरक्षक टिकाराम आचार्यले स्वागत मन्तव्य मार्फत उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए।

सांस्कृतिक मञ्चले नेपाली चेलीहरुलाई नेपाली परम्परागत खानाका स्वादिष्ट परिकारहरू सेलरोटी, खीर, अचार र पुलाउ दर स्वरुप खुवाउँदै तिजका विभिन्न भाकाहरुमा छमछम्ती नचाएको थियो।
कार्यक्रममा अतिथि कलाकार गायिका पूर्णकला बिसीलगायत कुवेतमा कार्यरत स्थानीय कलाकारहरू माधव शर्मा, कृष्ण सुनार, बिमल श्रेष्ठ, राज श्याम्बो, सुजल कार्की, बसन्त परियार, पुर्णिामा बुढामगर, रोसन राई, बिमल तमाङ, नेहा राई, श्याम बिसी, साबित्रा गैरे, प्रकाश गुरुङ, अन्जली भुजेल, सन्ध्या मगरको नृत्य तथा गायन धमाकेदार प्रस्तुतीले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेका थिए।


No ads found for this position

डिसी नेपाल
Facebook Comment