हत्या अभियोगमा मलेसियामा २ जना नेपाली पक्राउ

डिसी नेपाल
१७ भदौ २०७६ १२:२५

क्वालालम्पुर। मलेसिया पुलिसले २ जना नेपाली र एक जना मलेसियाली स्थानीयलाई हत्या अभियोगमा पक्राउ गरेको छ । हिजो मलेसियाको पेटालिङ जायामा सुरक्षा गार्ड बस्ने ठाउँको शौचालयमा एक जनाको शव भेटिएको थियो । यही हत्याको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको फ्रि मलेसिया टुडेले जनाएको छ

पेटालिङ जायाका ओसिपीडि मोहम्मद जानी चे दिनका अनुसार मृतक ५४ वर्षका ली पोह मेंगको शव हिजो दिउँसो ३ बजेतिर स्थानीयले रगतको पोखरीमा डुबेको अवस्थामा भेटेका थिए । ‘मृतक सुरक्षा गार्डको लागि बनाइएको शौचालयमा भेटिएका थिए जुन शौचालयमा बाहिरबाट ताला लगाइएको थियो’ उनले भने ‘हस्पतालले उनी घरनास्थलमै मरेको पुष्टि गरेको छ ।’

उनका अनुसार तीनै जनालाई साँझ ६ बजेतिर पक्राउ गरिएको हो । पक्राउ पर्ने नेपालीहरु त्यहाँ सुरक्षा गार्डको रुपमा काम गर्थे र पक्राउ पर्ने मलेसियाली नागरिक सुरक्षा गार्डका म्यानेजर हुन् । सिसिटिभी फुटेजमा देखिएअनुसार ती मृतकलाई पक्राउ परेका ३ जनामध्ये एकले आइतबार सुरक्षा गार्डको कन्ट्रोल रुममा सेफ्टी हेल्मेटले कुटेका थिए । मृतकले सुरक्षा गार्डलाई तलब नदिएका कारण यसरी कुटेको विश्वास गरिएको छ ।




प्रतिक्रिया

One thought on “हत्या अभियोगमा मलेसियामा २ जना नेपाली पक्राउ

  1. मार्न त अर्कैले मार्याे तर उनिहरुलाई पनि मार्ने डरले प्रहरीलाई खबर गर्न सकेनन् ।उनिहरु पनि अनुसन्धान मा तानिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *